भाेक हडतालका क्रममा निधन

टर्किस उत्पीडित तथा श्रमजीवी जनताको मुक्तिका निम्ति आवाज उठाउँदै आएकी ४२ वर्षिया कानुन व्यवसायी तथा मानव अधिकारकर्मी इब्रु तिम्तिकको २३८ दिनको भोक हड्तालबाट निधन भएको छ ।
उनलाई टर्किेस फासिवादी सत्ताले सेप्टेम्बर २०१७ मा गिरफ्तार गरेको थियो ।
परिवर्तन, न्याय र समानताको पक्षमा आवाज उठाउने उनलाई टर्किस सत्ताले प्रतिबन्धित पार्टी रेभ्युल्सनरी पिपुल्स लिबरेसन फ्रन्टको सदस्य भएको आरोप लगाउँदै आतंकवादी करार गरेको थियो ।
टर्कीमा तिम्तिकसहित राजनीतिक परिवर्तनका निम्ति भोक हडताल गर्दै यो वर्ष मात्रै चर्चित जनगायिका हेलिन बोलेकलगायत चारजनाले सहादत प्राप्त गरिसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

काठमाडाैं महानगरपालिकाकाे अनुराेध