लकडाउनमा रक्तदान
उपत्यकामा निषेधाज्ञा जारिरहेको विषम परिस्थितिमा पनि उपचारको क्रममा रगत आवश्यक पर्ने विरामीहरूलाई सहजरूपमा रगत उपलब्ध गराउन नेपाल रेडक्रस सोसाइटी, झौखेल उपशाखा ब्लड डोनर्स एशोसिएशन नेपाल (ब्लोदान) भक्तपुर जिल्लाको संयुक्त आयोजना र स्मृति साकोसको प्रायोजनमा रेडक्रस भवन, झौखेलमा भाद्र १४ गते आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न भयो ।



उक्त कार्यक्रममा ५५ पुरुष र ३ जना महिला रक्तदाता सहित ५८ जना रक्तदाताहरुले रक्तदान गर्नु भएको थियोे । उक्त कार्यक्रमका संयोजक ब्लोदान भक्तपुर जिल्ला सदस्य श्री राजन सुवाल हुनुहुन्थ्यो ।
उपत्यकामा निषेधाज्ञा जारिरहेको विषम परिस्थितिमा पनि उपचारको क्रममा रगत आवश्यक पर्ने विरामीहरूलाई सहजरूपमा रगत उपलब्ध गराउने उद्देश्यले ब्लड डोनर्स एशोसिएशन नेपाल (ब्लोदान) ले अहिलेको परिस्थितिलाई ध्यानमा राखी रक्तसञ्चार सेवाको प्राविधिक सहयोगमा घर घरमा नै गई रगत संकलन गर्ने कार्यक्रम शुरु गरिएको जनाएको छ ।
साथै समय पुगेका र योग्य रक्तदाताहरूलाई रक्तदान गर्न पनि ब्लोदानले आह्वान गरिएको छ ।

यसअघि ब्लड डोनर्स एशोसिएशन नेपाल (ब्लोदान) गोकर्णेश्वर नगर समितिको आयोजनामा चामुण्डा मन्दिर परिसरमा भाद्र १३ गते शनिवार रक्तदान कार्यक्रम सम्पन्न गरिएकाे थियाे ।


जम्मा ३२ जना स्वयंसेवी रक्तदाताहरूले रक्तदान गर्नु भएको सो कार्यक्रममा रक्तदान गर्नुहुने सम्पूर्ण रक्तदाता महानुभावहरू, आयोजक, सहयोगीहरूलाई विषम परिस्थितिमा समेत रक्तदान गर्नुभै मानवीय सेवामा पुर्याउनु भएकोमा ब्लोदानले हार्दिक धन्यवाद दिएको छ ।
ब्लड डोनर्स एशोसिएशन नेपाल (ब्लोदान) ले अहिलेको परिस्थितिलाई ध्यानमा राखी रक्तसञ्चार सेवाको प्राविधिक सहयोगमा घर घरमा नै गई रगत संकलन गर्ने कार्यक्रम शुरु गरिएको कार्यक्रमका संयोजक मचाकाजी महर्जनले जानकारी गराउनु भयो ।
साथै ब्लोदानले योग्य र इच्छुक रक्तदाताहरूलाई रक्तदान गर्नुभै सहयोग गर्नुहुन पनि सबैमा अनुरोध गरेको छ ।








