उपाकू यात्रा सम्पन्न

हरेक वर्ष वामन द्वादशी तिथिका दिन काठमाडाैंमा मनाइने उपाकू यात्रा सम्पन्न भएकाे छ ।

दिवंगत आफन्तजनकाे माेक्षकाे कामना गर्दै काठमाडाैंकाे प्राचीन शहरकाे किनारा किनारामा अवस्थित देवालय र शिवालयका साथै बाटाेमा काँचाे माटाेकाे दियाे बाली उपाकू यात्रा गर्ने चलन रहेकाे छ ।

यस क्रममा किलाघः टाेलबाट निकालिने पुलुकिसि र मजिपाटबाट निकालिने लाखेले पनि नगर सीमा परिक्रमा गर्ने प्रचलन रहेता पनि यस वर्ष काेभिड–१९ महामारीका कारण पुलुकिसि र लाखे निकालिएन ।

[metaslider id=563]

Leave a Reply

Your email address will not be published. Required fields are marked *

काठमाडाैं महानगरपालिकाकाे अनुराेध