महाकविकाे सम्झनामा छन्द कविता गाेष्ठी हुने
पद्मरत्न लुमन्ति गुथिकाे आयाेजनामा नेपालभाषाका महाकवि सिद्धिदास अमात्य (महाजु)काे १५३ औं जन्म जयन्तीका अवसरमा छन्द कविता गाेष्ठी हुने भएकाे छ ।
सिद्धि रामायण, सज्जनहृदयाभरण लगायत दर्जनाैं काव्यका रचनाकार महाजुलाई नेपालभाषा पुनर्जागरण कालका महारथीहरू मध्ये एक मानिन्छ ।
उहाँकाे सम्झनामा हुने छन्द वाचन कार्यक्रममा फणिन्द्ररत्न बज्राचार्य, भुषण प्रसाद श्रेष्ठ, लाभरत्न तुलाधर र रामकृष्ण दुवालले कविता वाचन गर्नु हुने भएकाे छ ।
यही यंलागाः दुतिया (भाद्र १९ गते) हुने कार्यक्रम विद्यमान परिस्थितिलाई ध्यानमा राख्दै जूमबाट गरिने भएकाे छ ।








