नेवाः देय् दबू ललितपुरकाे अन्तरक्रिया

नेवार राष्ट्रिय संगठन नेवाः देय् दबू ललितपुर जिल्ला समितिकाे आयोजनामा दबू २६ औं वर्ष प्रवेश गरेकाे उपलक्ष्यमा शुभकामना आदानप्रदान तथा अन्तरक्रिया कार्यक्रम आयाेजना गरिएकाे छ ।
अन्तरक्रियामा नेपालभाषाकाे संरक्षण र विकासका लागि ललितपुरका सबै विद्यालयहरूमा एक देखि ८ कक्षा सम्म नेपालभाषाकाे पठनपाठनमा जाेड दिन विशेष अभियान संचालन गर्नु पर्ने निष्कर्ष निकालिएकाे छ ।
हिराकाजी महर्जनकाे सभापतित्वमा सिद्धि महर्जनले सञ्चालन गर्नुभएकाे कार्यक्रममा डा. पुष्पराज राजकर्णिकार प्रमुख अतिथिका रूपमा मन्तव्य राख्नु भएकाे थियाे ।
देय् दबूका केन्द्रीय अध्यक्ष नरेश ताम्राकार विशेष अतिथिका रूपमा उपस्थित कार्यक्रममा सुरेश प्रधान, शोभा शाक्य, रविन्द्र ताम्रकार, शाक्य सुरेन, रुप रत्न शाक्य, शरण गोपाल डंगोल लगायत विविध संघसंस्थाका व्यक्तितत्व, बुद्धिजीविहरूले मन्तव्य राख्नु भएकाे थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

काठमाडाैं महानगरपालिकाकाे अनुराेध