कागेश्वरीको मेला – कायाष्टमी

सृजना सिंह
सृजना सिंह

नेपालीले हरेक किसिमको चाडपर्वहरु मनाउँदै आइरहेका हुन्छन् । जस अनुसार हरेक वर्ष भाद्र शुक्ल अष्टमीका दिन कागेश्वर शिवलिंगमा पूजा गर्ने गर्दछ । यो दिन कागेश्वर शिवलिंगको विशेष पूजा आराधना गरी मनाउने गर्दछ । यस दिनलाई कायाष्टमी पनि भन्ने गरिन्छ । यसै दिन किलागल टोलमा दीप्याखं (देवी नाच) को पहिलो प्रदर्शन गरिन्छ ।
पौराणिक कथन अनुसार यस मूर्तिमा भगवान शिव र पार्वतीको विवाह अगाडिको कथा समेटिएको छ । जस अनुसार महादेव र शिवको प्रेम लिला चलिरहेको बेलामा महादेवले पार्वतीलाई छल गर्नको लागि विभिन्न रुप धारण गर्ने, लिला रच्ने, लुक्ने आदि गर्दथे । जस अनुसार पार्वतीलाई छल्नको लागि यसै सुन्दरीजल गुफामा आई महादेव भगवान लुकेको भन्ने जनविश्वास छ । पार्वतीले महादेवलाइ खोज्दा खोज्दै नभेटिएपछि आप्mनो ध्यान दृष्टिले हेर्दा एउटा कागले यस क्षेत्रमा दिन प्रतिदिन त्यस खोलाको जल चढाउदै गरेको देख्दा, त्यस क्षेत्रमा शिव विराजमान भएको थाहा पाएको भन्ने जन विश्वास पनि छ । पछि शिव भगवान खुशि भएर कागेश्वर भगवानको नाममा त्यस क्षेत्रमा विराजमान भएको हो भन्ने जनविश्वास छ । यस महादेव मूर्ति अवस्थित क्षेत्रमा महादेवको शिरमा गंगाको रुपमा माथिबाट पानीको झरना पनि खसेको देख्न पाइन्छ ।
अर्को धारणा अनुसार सतिदेवीको पीठ खसेको स्थान भन्ने पनि गरिन्छ । यस दिन भक्तजनहरुले यहाँ अवस्थित महादेवको दर्शन गरेको खण्डमा चित्त शुद्धि हुने र पापहरु पखालिन्छ भन्ने जनविश्वास छ । यो दिन यस शिवलिंगको दर्शन गरेमा अरु शिवलिंगको दर्शन गरेको सरह हुने जनविश्वास छ । यसैगरी जनैपूणर््िामामा गोसाइकुण्ड दर्शनगरी आउने श्रद्धालु भक्तजनहरुले यहाँ आइ जल चढाएमा मात्र मागेको व्रत सिद्ध हुने जनविश्वास छ ।
हनुमानढोका काल भैरवको मन्दिर अगाडी पनि कागेश्वरी महादेवको मन्दिर रहेको छ । कायाअष्टमीको दिन कोही श्रद्धालु भक्तजनहरु सुन्दरीजलको मन्दिरमा गइ दर्शन गर्ने गर्दछन् भने कोही हनुमान ढोकामा अवस्थित कागेश्वरी महादेवको मन्दिरमा गई दर्शन गर्ने गर्दछन् ।
हनुमानढोकामा रहेको कागेश्वरी महादेवको मन्दिर हरेक वर्ष कायाष्टमीका दिन मात्रै श्रद्धालु भक्तजनहरुको दर्शनका लागि खोलिने गरिन्छ ।
गागल शिबपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज भित्र अवस्थित रहेको कागेश्वरी महादेब मन्दिरमा प्रत्येक बर्ष भाद्र शुक्ल अष्टमीमा हिन्दु तथा बौद्ध धर्मावलम्बीहरुको महत्वपूर्ण कागेश्वरी मेला लागेको हुन्छ ।
यस दिन बिहानै देखी तामाङ लामाहरुले ढ्याङ्ग्रो बजाइ नाच्दै गाउदै पुजा गर्छन् भने नेवार समुदायको लाखे नाच नाचेको पनि देख्न सकिन्थ्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

काठमाडाैं महानगरपालिकाकाे अनुराेध