नेपालको प्रथम पदयात्री चैतन्यलाल श्रेष्ठ

कान्तिपुर याने काठमाडौं झोछेँ टोलमा वि.सं १९९२ अषाढ कृष्णपक्ष दशमीका दिन पिता कुशभलाल श्रेष्ठ तथा आमा रामभक्ति श्रेष्ठको सन्तानको स्वरुपमा जन्मनु भएका श्री चैतन्यलाल श्रेष्ठलाई विरलैले मात्र चिन्ने गरेको र चिन्नेहरुद्वारा पनि धेरैले वास्तविकता नथाने झैं गरिएको देखिन्छ ।
श्रेष्ठज्यू कम उमेरदेखि नै सामाजिक कृयाकलापमा लाग्नु भएको थियो । श्रेष्ठले हिम संघ, जनकल्याण र विश्व परिवार नामको तीनवटा फरक संस्थाहरु स्थापना गर्नु भएको छ । पछि जनकल्याणका सह संस्थापक रामलाल श्रेष्ठले आफूलाई संस्थापकबाट हटाउन खोजे पनि सर्वोच्च अदालतबाट उहाँको पक्षमा निर्णय आएको कुरा उहाँ तत्कालिक अझै सम्झनु हुन्छ । त्यसवेला उहाँकै पक्षबाट भूतपूर्व मन्त्री निलाम्बर आचार्य र तात्कालिन प्रेस काउन्सिलका अध्यक्ष नूतन थपालियाले बहश पैरवी गर्नु भएको थियो ।
“हामी सबै सगोल अंशियार हौं विश्वका” भन्ने अन्तर्राष्ट्रियवादको नारा घन्काउने श्री चैतन्यलाल श्रेष्ठले २१ वर्षको कम उमेरमा नै वि.सं. २०१३ सालतिर नेपालको पैदलयात्रा शुरु गर्नु भएको थियो । हातमा एउटा छाता अनि काँधमा दुई चार जोर लुगा बोकी घरबाट निक्लेर देश दर्शनबाट फिर्दा श्रेष्ठलाई ठयाम्मै एक दशक लागेको थियो । पैदल यात्राको प्रशस्त अनुभव उहाँले संगाल्नु भएको थियो । जुन उहाँ जो कोहीलाई बाँड्न चाहनु हुन्थ्यो । त्यो साहसिक कार्यको कष्टकार्य रोमान्चकारीताले घटनाहरु उहाँको मानसपटलमा तात्कालिकमा अझै ताजा छन् । श्रेष्ठले यात्राको दौरानमा पनि समाजिक कार्य गर्न भने पछि पर्नु भएन ।
पटक पटक पश्चिम १ नं याने धादिङ्गको बुडाथुममा बन्द भैरहेको सरस्वती प्राथमिक विद्यालय श्रेष्ठले पुनः सन्चालन गराउनु भएकोले सो झोकमा त्यहाँकै तात्कालीन सामन्तहरु सहित ५४ जना जतिको जमातले हातहतियारले सुसज्जित दफाले उहाँमाथि सांघातिक आक्रमण पनि गरेको थियो, तर त्यहाँका गाउँलेहरुले नै मिलेर बचाई दिएको घटना सुनाउनु हुँदा उहाँ आनन्दको अनुभूतिमा रमाउनु हुन्छ । त्यस यात्राको क्रममै श्रेष्ठजी भद्रपुरको जलथल भन्ने स्थानमा सात दिनसम्म डाँकाको कब्जामा पर्नुभयो । त्यस्तै टनकपुरपारी वृटिश भारतीय इलाकामा भारतीय बेइमान प्रहरीले “तुम चीनीया हो ?” भन्दा “मै चीनीया नही नेपाली हुँ” भन्दामा पनि नपत्याई ३ दिनसम्म खान समेत नदिइ थुनेको कुरा सुन्दा जस्को पनि आङ्ग सिरिङ्ग हुनु स्वभाविक हो ।
त्यस यात्रामा माष्टर तथा वैद्य हुँदै हिँडेकोले पनि पैसाको समस्या (श्रेष्ठज्यू पैदल यात्राबाटै विभिन्न जडीबुटीहरु अध्ययन गरि वैद्य काममा समेत पारंगत हुनु भएको थियो) भने परेन, तर ठाउँ ठाउँमा घरहरु नभएकाले पानी मात्र पिएर हिँड्नु भने परेको थियो । श्रेष्ठको अनुसार यात्रा समय भरी र पछि पनि याने प्रजातन्त्रको निमित्त नेपाली कांग्रेसलाई सघाएकोले पाँच पटकसम्म पक्राउ पनि पर्नुभएको थियो ।

जेलभित्रका साथीहरूसँग चैतन्यलाल श्रेष्ठ ।
पछि आएर काँग्रेस पार्टीसँग मोह भंग भएको थियो । कांग्रेसमा नीति फिटलो हुँदा तत्कालिनदेखि नेपाली कांग्रेसका तीन नेताको अधिनायकबाद र खुलेआम भारतमुखी नीतिले आफू आहत भएको चैतन्यलाल बताउनु हुन्छ । श्रेष्ठ तत्कालीन एमाले सांसद हिरण्यलाल श्रेष्ठको सहोदर दाजु पनि हुन् । तर पनि कम्यूनिष्टहरुलाई दरवारका सी.आइ.डी हुन् भन्न भने चुक्नु हुन्न ।
श्रेष्ठजू “जाति, धर्म र राष्ट्रकै बन्धन मान्नु हुन्दैन” भन्ने कुरा गर्ने श्री चैतन्यलाल श्रेष्ठ पेशाले वैद्य बा हुनु भए पनि परिवार नियोजनको भने कट्टर विरोधी हुनुहुन्छ । उहाँको ४ छोरा र २ छोरी गरी ६ जवान सन्तान छन् । आयुर्वेदिक औषधि उपचारद्वारा जिविकोपार्जन गर्ने नेपालका पहिलो पदयात्रीको विषयमा सर्व साधारण अनजान थिए ।
उहाँले वि.सं. २०४८ सालको महानिर्वाचनमा आफुलाई क्षेत्र नं ३ बाट पूर्व तिष्टादेखि पश्चिम काँगडासम्म बास्ने भाले (कुखुरा चिन्ह लिई स्वतन्त्र उम्मेदवारको रुपमा आम जनताको वीच उभ्याउन भने छोड्नु भएन । सो निर्वाचनमा उहाँ पराजीत हुनुभयो । समाजसेवा, साहित्य तथा राजनीतिक क्षेत्रमा समान रुपमा अभिरुची लिने श्रेष्ठज्यू त्यस क्षेत्रमा देखा परेका अनेकन विसंगतिहरुबाट चाहिँ खिन्न हुनुहुन्थ्यो र स्पष्टरुपमा आफ्नो असन्तुष्टि जाहेर गर्ने बानी उहाँको थियो । गलष्तभम तय कतयउ बष्मक भन्ने एक अमेरिकी संस्थाले बष्मक सम्बन्धी अनुसन्धान गर्न श्रेष्ठजूसँग सम्झौता गरेकोले पनि उहाँको मान्यता विदेशमा चाहिँ केही भएको मान्नु नै पर्दछ । आफ्नो दीर्घ सक्रिय जीवनमा श्रेष्ठजुका वहुमूल्य आर्जन पनि एड्स अनुसन्धान सम्वन्धी करारपत्र साथै तत्कालिन सेती अञ्चलका सहायक अञ्चालाधीशद्वारा नेपालको प्रथम पद यात्री स्वीकारेको पत्र मात्र शायद होला ।


बाँकी त अज्ज अन्य परिश्रमी तथा महत्वाकांक्षी नेपालीलाई जस्तै श्रेष्ठज्यूलाई पनि बिर्सनै आँटिएको जस्तो देखिन्छ । त्यो कदापी हुनुहुन्न । श्रेष्ठज्यू एक महामानव हुनुहुन्छ ।
पुनश्च श्रेष्ठजूले मलाई भन्नु भएको सम्झना छ, पदयात्राको दौरानमा सामन्तीहरुले गाउँका सोझा सिधा गाउँलेलाई सापति दिँदा १०० दिएरपछि १०० मा ‘०’ थपेर १००० गरि थप्नेहरुको कागजात हेरि च्याटी दिएको पनि भन्नु भएको मलाई ताजै सम्झना छ ।
श्रेष्ठज्यू अहिले भौतिक स्वरुपमा त हुुनुहुन्न । तर उहाँको आँट र कार्यको लागि वारम्वार सलाम ठोक्नै पर्दछ, सम्पूर्ण नेपाली जनताले अस्तु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

काठमाडाैं महानगरपालिकाकाे अनुराेध