शंखरापुर साॅखुमा कुमार पुजा

२०८१ साल असोज २३ गते बुधबार साॅखु सुन्टोलको जयबलि परिसरमा सामूहिक कुमार पुजा गरिएकाे छ।
९० वर्ष पछि यहाँ कुमार पुजा गरिएको साॅखुका स्थानियहरुले बताउँनु भएको छ।
यस कुमार पुजामा १३० जना कुमार  सामेल भएका थिए भने साॅखु बजार योग साधना केन्द्रले यस प्रकार पुजा आयोजना गर्नु भएको थियो।
कुमार  पुजाको बारेमा साँखु बजार योग साधना केन्द्रका अध्यक्ष  प्रेम कृष्ण  श्रेष्ठले कुमार पूजा गर्दा कुमार बच्चाहरुको स्वास्थ्य लाभ हुने र निरोगी हुने जानकारि दिनु भयो।
यस पुजामा पुजा गर्न आउने परिवारबाट सबै कुमारहरुलाई सबैले बिस्कुट, चकलेट  र सामानहरू बाढ्ने चलन छ। पूजा सकेपछि सबै कुमारहरूलाई आयोजकको तर्फबाट भोजन गराउने प्रचलन रहिआएको पाइन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

काठमाडाैं महानगरपालिकाकाे अनुराेध