दशैं पर्वको अवसरमा शुभकामना आदानप्रदान

नेकपा (एस) काठमाडौं महानगरपालिका १६ वडा कमिटीको आयोजनामा दशैं पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरिएको छ ।


पूर्वमन्त्री मा. गंगालाल तुलाधरको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा मन्तव्य राख्नुहुँदै सबैलाई दशैंको शुभकामना व्यक्त गर्नुभयो । उहाँले अहिले हामी अत्यन्त दुःखद अवस्थामा रहेको बताउनुहुँदै हालै बाढीपहिरोमा परेर जनधनको क्षतिले सबै नेपाली शोकमा रहेको बताउनु भयो । उहाँले नेपाल प्राकृतिक जोखिमयुक्त देश भएता पनि सरकारले यसको पूर्वतयारीमा खासै काम गर्न नसकेको बताउनु हुँदै दशैंको जुन उत्साह हुनुपर्ने हो त्यो नेपाली जनतामा अहिले नभएको बताउनु भयो ।
सो कार्यक्रममा काठमाडौं मनपा २३ वडाले आयोजना गरेको दोश्रो प्रयागराज सिंह सुवाल स्मृ ितकप फुटसलको विजेता टोलीलाई नगद ५१ हजारसहित सम्मान गरिएको थियो ।


कार्यक्रममा अतिथिको रुपमा उपस्थित हुनुभएका बागमती प्रदेशका पूर्वमन्त्री एवम् सभासद् बसन्त मानन्धरले सबै जना एकै ठाउँमा भेला भएर खुसियाली मनाउने पर्व दशैं भएको उल्लेख गर्नुभयो । उहाँले दुई दिनको अविरल वर्षाले देशको वर्तमान अवस्था र सरकारको चरित्र उदाङ्गिएको बताउनु हुँदै उहाँले संघीय राजधानीमा समेत समयमा नै उद्धार हुन नसकेको अत्यन्त दुःखद भएको बताउनु भयो ।
नेकपा (एस) कामपा १६ वडा कमिटीका अध्यक्ष लक्ष्मण गमालको सभाध्यक्षतामा भएको कार्यक्रममा पार्टीका विभिन्न तह र तप्काका महानुभावहरुको उपस्थिति रहेको थियो । सो अवसरमा पार्टीका जिल्ला कमिटी सदस्य एवम् १६ वडा इञ्चार्ज मीनबहादुर मानन्धरले स्वागत गर्नुभएको थियो ।
कार्यक्रम संचालन कमिटीका सचिव नारायण गमालले गर्नुभएको थियो ।

कार्यक्रमकाे प्रत्यक्ष प्रशारणकाे भिडियाे हेर्न यहाँ क्लिक गर्नुहाेला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

काठमाडाैं महानगरपालिकाकाे अनुराेध