आँखाको समस्याबाट कोही पीडित नहोस् ः समाजसेवी शाक्य

समाजसेवी मोतिशान्ति शाक्य विगत २७ वर्षदेखि आँखा शिविर संचालन र समाजसेवामा सक्रिय हुनुहुन्छ । समाजमा रहेका कोही पनि दृष्टिविहीन हुनु नपरोस् भन्ने उद्देश्यले हालसम्म ५७ वटा आँखा शिविर संचालन गरी सक्नुभएकी समाजसेवी मोतिशान्ति शाक्यसँग मेरो साप्ताहिकका लागि सम्पादक रत्न काजी महर्जनले गर्नुभएको कुराकानी यहाँ प्रस्तुत गरिएको छ ।
आँखा शिविर संचालनको उद्देश्य के हो ?
आँखा शिविर मैले १९९८ आजभन्दा २७ वर्ष अगाडि नै शुरु गरेको हो । यो काक्र्रमको मुख्य उद्देश्य भनेको कुनैपनि जेष्ठ नागरिक, असहाय, गरिव जस्ले शल्यक्रिया गर्न पैसा हुँदैन उनीहरुको सेवाको लागि यो ५७ आँखा शिविर हो । यसैसन्दर्भमा १०२ वर्षको आमालाई अप्रेशन गर्न दिएर उहाँले आँखा देख्न सक्ने भएको छ । म यहि कार्यमा निरन्तर लागि रहेको छु । माट्रिकाले पनि म यसरी लागि परेको थाहा पाएर मलाई २ ३ वर्ष अगाडि देखि नै बोलाउनु भयो तर म आफ्नो व्यस्तताको कारणले फेरि फेरि पनि बोलाएको कारणले म गए त्यहाँको सरसफाइ अत्याधुनिक उपकरण डाक्टरहरु देखेर प्रभावित भए ।
माट्रिका आइ क्लिनिक नै किन ?
सामुदायिक स्वास्थ्य सेवाकेन्द्रमा एउटा डाक्टरको अभाव भइरहेको थियो तर आँखा शिविरको लागि चाहिने सवै उपकरण भएको कारणले हप्ताको एकदिन आँखा शिविर संचालन गर्ने यदि विरामी चाप बढ्यो भने अरु थप गर्ने छौ । आँखा शिविरको कुरा गर्नुपर्दा पहिला मनै लागि परें तर अहिले मैले विचार गर्दा संस्थामार्फत आँखा शिविर राख्ने र अस्पतालसित सहकार्य गरेर काम अघि बढाउने । आँखा शिविरबाट मोतिविन्दू भएका विरामी जति आए पनि निशुल्क गर्छु भनि माट्रिका क्लिनिकले भनेको छ । मोतिविन्दुको अलावा अरु आँखा सम्वन्धि अरु रोग भएपनि हामीले यहाँ बोलाउछौ किनकी यहाँ अरु उपकरणहरु पनि छन् । यदि यहाँबाट पनि भएन भने हामीले अस्पताल पठाउछौ यहाँका लोकल बासिलाई गा¥हो हुन्छ भनेर हामीले यहिबाट सेवा दिँदै छौ । पहिला मैले विपि प्रतिष्ठानबाट दुइ दर्जन आँखा शिविर गरें नेपाल आँखा अस्पतालसित मिलेर पनि दर्जनौ दर्जन शिविर गरें ग्वार्कोको अस्पतालसित मिलेर पनि बीसौं शिविर गरें तर माट्रिक नयाँ विल्डिङ्गका साथै बरिष्ठ डाक्टरहरु सरसफाइ पनि राम्रो साथै उपकरणहरु पनि नयाँ विरामी चाप देख्दा यो चारवर्ष अगाडिमात्र संचालन गरेको भन्नै सुहाउँदैन । हामी एक अर्कामा सहकार्य गर्न पाएकोमा खुशि छौ । अहिले आठ नौ वटा संस्था काम गर्ने भनि आउनु भएको छ । अहिले दशै तिहार आएकोले गर्न नमिल्ने भएकोले अव दशै तिहार पछि सामुदायिक अस्पतालसित मिलेर अर्को आँखा शिविर संचालन गर्ने छौ ।
हालसम्म आँखा शिविरबाट कति लाभान्वित भएका छन् ?
पहिला पहिला १५०० जना जति मोतिविन्दूको शल्यक्रियाबाट लाभान्वित भइसकेका छन् भने हजारो हजार रोगिको परिक्षण भइसकको छन् भने कसैलाई कुनै समस्या भएमा अस्पतालमा निशुल्क उपचार पनि भ्इरहेको छ । म यसमा लागेको २७ वर्ष भयो भने म यस बाहेक आँखा डोनेशन, स्किन डोनेशन, रगत डोनेशेन हेरिटेज सम्वन्धि विभिन्न कार्यमा म सेवा दिने गर्दछु ।
आँखा शिविरमा सहभागिहरुले के के सुविधा पाउँछन् ?
आजभोलि विभिन्न ठाउँमा आँखा शिविर चाहिँ हुन्छ तर अपरेशनको सुविधा हुँदैन । मैले संचालन गरेका स्वास्थ्य शिविरहरुमा मोतियाविन्दुको शल्यक्रिया निःशुल्क हुन्छ । त्यसैगरि तिलगंगा, विपि कोइराला आँखा अध्ययन संस्थानले र यो माट्रिकाले पनि मेरो सेवा भाव देखेर निःशुल्क गरिदिन्छ । मातृकासँग फेकु प्रविधि पनि रहेको छ, त्यो भनेको लेजरले प्वालमात्र पारेर अत्याधुनिक उपकरणबाट शल्यक्रिया गर्ने हो । जसको लाखौं पर्छ । उहाँहरुले अहिलेसम्म २०० जनालाई लेजरबाट शल्यक्रिया गरिसक्यो । यो एउटा सराहनिय कार्य भयो । किनभने तिलगंगा नेपाल आँखा अस्तलाल, विपि कोइराला अध्ययन केन्द्र यी अस्पतालबाट चाहि मैले एकजनालाई पनि लेजरबाट शल्यक्रिया गराउन पाएको छैन । त्यहाँ लेजरबाट शल्यक्रिया चाहि हुन्छ तर निशुल्क हुँदैन । लेजरबाट गर्दा दुख्दैन ।
शिविरको लागि आर्थिक व्यवस्थापन कसरी भइरहेको छ ?
एकदमै राम्रो प्रश्न गर्नुभयो । एउटा चाहि मैले काम गर्दै जाँदा के पायो भन कुनै पनि काम सेवा भावनाले गर्यो भने पैसाको कहिले पनि खाँचो हुँदैन । आजको दिनमा भनौ न भोलेन्टरलाई चियाखाजा खुवाउनु पर्यो, डाक्टरको टिमलाई खाना खुवाउनु पर्यो । खर्च त हुन्छ तर स्वच्छ मनले काम गर्दा आर्थिक समस्या त्यति नहुने मैले अनुभव गरेको छु ।
आँखा शिविर संचालन गर्दा के के अनुभुति गर्नुभयो ?
मलाई चाहि कुनै ठाउँमा भन्नु न एकदमै विकट ठाउँ शंखु, मानकेट, त्रिशुलि जस्ता विकटठाउँमा मोबाइल टिम लगेर आँखा शिविरका साथै शल्यक्रिया पनि गराएको थिए । त्यस्ता ठाउँमा गर्दा पनि कहिल्यै पैसाको अभाव भएन । हामीले मानिसलाई विश्वास दिलाउन सक्नुपर्छ पैसाको खाँचो हुँदैन अहिलेको कुरा गर्दा १६ वडाबाट म २५ हजार दिन्छु भनि जानुभयो, एकजना काकाले खाना स्पोन्सर गर्दिन्छु भन्नुभयो अर्कोकाकाले ब्रेकफास्ट स्पोन्सर गर्दिन्छु भन्नुभयो , अर्को यहाँ एउटा कोपोरिटभ छ उसले पनि सहयोग गरिदिन्छु भन्नुभयो । काम गर्नुपर्छ सहयोगि हातहरु आफ से आफ नै आउँछ । जस्तो कि हामीले त्रिशुलिमा गर्दा खेरि डा. सगुन जोशिको टिम लगेको थिए त्यहाँ हामी चार दिन बसें । विभिन्न गाउँबाट विरामी आउने भयो हामीसित सिमित पैसा मात्र थियो । त्यहाँकै साहु महाजनले सहयोग गर्न आयो । हामी त्यहाँ सुत्नु पर्दा कसरी सुत्ने भयो । त्यहाँबाट रेडक्रसलाई फोन गर्न लगाए २५ वटा शिरक ट्रकमा हालेर ल्याइदिए । सामुदायिक भवनमा राखेका थिए त्यहाँ धेरैजनालाइ खाना कसरी ख्वाउने भन्दा एकदुइ जना हामी चाउचाउ खुवाउछु भनेर आयो । अर्को आएर चिया विस्कुत दिन्छु भन्यो स्वच्छ मनले काम गर्यो भने हामीलाई कहिले पनि पैसाको खाँचो हुँदैन । त्यसै गरि शिविआरको भवन बनाउँदा पनि एक पैसा नभएको भवन वनाए । त्यसैगरि फिजियो थेरापि गराए नेपालको दोस्रो अपाङ्ग बस ल्याए । म धेरै संस्थामा आवद्ध छु । आफु डटेर काम गर्नुस सत्यातामा बस्नु काम गर्न असजिलो हुने छैन ।
आँखा शिविर संचालन गरेर तपाईले के पाउनु भयो ?
आँखा शिविर गरेर आएर उनिहरुलाई शल्यक्रिया गराएर अस्पतालबाट घर आउँदा खेरि मलाई एकदमै आनन्द वोध हुन्छ । कहिलेकाहि गाह«ो हुन्छ कहिले अस्पतालले धोका दिन्छ । काम गरिराखेको हुन्छ बजेट छैन भन्ने पनि फोन आउँछ तर मैले तपाईहरु काम गर्नुस अस्पतालको पैसा म तिर्छु भनि कति वटा क्याम्प गरेको छु । आँखा शिविर गर्दा नै एकचोटि डाक्टरलाई मैले फिको चाहि नराख्नुस है भनेको किनभने ठुलो अस्पताले फिको निःशुल्क गरी दिँदैन । त्यसैले फिकोको कुरै ननिकनल्नु भनेको फिको कुरा गरिदिएछ यहाँ त जुलुस आएको जस्तो मान्छेको भिड भयो अस्पताल नगइ मान्छेहरु यहाँ आएका थिए । त्यहि बेला म कोरोना भएर आइसोलेसनमा थिए । तर पनि सवैको मद्दतले काम वन्यो । हुन्छ कहिलेकाहि यस्तो समस्या पनि आउछ । यसबाट हामीले सिक्नुपर्छ । यस्तो गा¥हो अवस्थामा पनि हामीले काम गर्न जान्नुपर्छं ।
अन्तमा तपाइँको थप केही भन्नु छ कि ?
अहिले चाहि मैले मेयर सित कुरा गरेको छैन । आँखा शिविर एकठाउँमा भयो । यसको लािग पनि जेष्ठनागरिकलाई निशुल्क शल्यक्रिया गर्नुपर्छ भनि मेयर सित अपिल गर्दछु । अर्को चाहि सरकारी स्कूल कतिवटा छन् भनि दाता लिएर मेयरको मद्दतले ललितपुर भरिका सरकारी स्कुलमा नानिहरुको आँखा परिक्षण गराउने मेरो लक्ष्य रहेको छ । यो मेरो सोच मात्र हो । यसलाई मैले प्रकट गरेको छैन । म मेयरकहाँ जान्छु कुरा राख्छु पक्कै पनि उहाँहरुले मलाई सहयोग नै गर्छ होला । किनभने मेयर सित यहाँको भिमसेन मन्दिर निर्माण गर्दा सँगै काम गरेको थिए । मेयरसँग मेरो सम्वन्ध राम्रो छ । धन्यवाद !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

काठमाडाैं महानगरपालिकाकाे अनुराेध