भोजन र मानव सभ्यता

सृष्टिको नियम अनुसार जसको जन्म वा उत्पति जीबित रुपमा हुन्छ उसको जीबन हुन्छ । जप्ब २ थरिका हुन्छन् – वनस्पती र जनावर । दुबैको जीवन आहारमा निर्भर हुन्छ । जलबायु र वातावरणको विभिन्नताको कारण जीबले खाने आहार पनि भिन्दाभिन्दै हुन्छ । आहारको भिन्नताकै कारण एकै प्रजातीको जीबको बनावत र आकार प्रकार पनि फरक हुन्छन् । जीबमा पनि पशु जातिको दिमाग हुने र ऊ चलायमान हुने हुँदा आहारले उसको सोचमा पनि निरन्तर प्रभाब पारी राखेको हुन्छ । त्यसैले भनिन्छ हामी उही हौ जुन हाम्रो आहार हो । अर्थात हाम्रो शरीरको बनावत र हाम्रो सोच्ने तरिका हामीले खाने भोजनबाट प्रभावित हुन्छ । भोजनले गर्ने प्रभाव हाम्रो नियण्त्रण बाहिर हुन्छ । हामीले खाएको भोजन निली सकेपछि भोजनले हामीलाई प्रभाब पार्न ठाल्छ ।
मानिसलाई पशु जगतको एउटा जातिको रूपमा लिईन्छ जसलाई बैज्ञानिक भाषामा होमो सपिन्स (ज्यmय क्बउष्भलक) भनिन्छ । पशुजगतमा जीबहरूले ३ थरिका आहार खाने गर्छन् – शाकाहार, मांशाहार र द्वैतहार (दुबै थरिको खाना) । मानिस जाति द्वेतहारी हुन्, अर्थात् यिनीहरू वनस्पती र माछामासु दुबै खाने प्रजातिमा पर्छन् । यस्ता द्वेतहारीमा मानिस बाहेक कुकुर, बिरालो, सुंगुर, मुसा र अरू थुप्रै जीबजन्तुहरू पर्छन् ।
मानिसको उत्पति अफ्रिका महादेशमा भएको हो । अफ्रिकाबाट निस्केर मानिसको एक समूह पश्चिम तर्फ अर्थात् युरोप र साईबेरियाको चिसो भूभाग तिर लागे भने अर्को समुह मध्यपूर्ब हुँदै पर्सिया, सिन्धुघाटि, चीन, ईण्डोनेशिया र जापानसम्म पनि पुगे । युरोप र साईबेरिया पुग्ने समुह सदाबहार जंगलको अभावको कारण बढी मांशाहार गर्न बाध्य भए । पूर्ब र भुमध्यरेखा तिर लाग्ने अर्को समुह गरम जलबायु र बार्है महिना घना जंगल उपलब्ध हुने स्थानमा पुगेकोले उपलब्धता अनुसार सागपात र फलफुल बढी खाने भए । यसरी भौगोलिक अबस्था र जलबायुको भिन्नताले गर्दा मानिसको आहारमा पनि बिस्तारै भिन्नता देखिन थाले ।
कृषिको बिकास ई.पू. ११५०० तिर भएको हो । कृषिको शुरूवात सँगै मानिस खानामा आत्मनिर्भर मात्र हैन उनको आहारमा माछामासुको मात्रा कम अन्न फलफुल बढी हुन थाल्यो । यसरी भोजनमा परिवर्तन आएसँगै यिनको स्वभावमा पनि प्रत्यक्ष परिबर्तन देखिन थाल्यो । अब यिनीहरू बढि सामाजिक र सहिष्णु पनि हुन थाले, अनुशासन र प्रशासनको पनि बिकास हुँदै गयो । यही परिबर्तनबाट ई.पू. ८५०० तिर टिग्रिस नदीको छेउमा अबस्थित बेबिलोन र मेसोपोटेमिया (हाल ईराकको भूभाग) मा सभ्यताको पहिलो उदय भयो । धर्म र ईश्वरको कल्पना यहीँबाट शुरूवात भएको हो । बिश्वमा पहिलो मन्दिर पनि यहीं निर्माण गरियो । यसलाई सुमेरू सभ्यता भनिन्छ ।
सभ्यताको शुरूवातमा स्थापित पहिलो धर्ममा हरेक प्राकृतिक प्रकोपको कारक ईश्वरलाई मान्दथ्यो र ईश्वरलाई खुशी राख्न मानिसले मानिसकै बलि चढाउने परम्पराको थालनी भयो । पछि पशु बलि पनि दिने गरे जुन अहिले पनि संसारको बिभिन्न भागमा गर्दै आएको छ । अफ्रिका र एशियाको आदिबासि सुमदायमा आजसम्म पनि छिटपुट नर बलि दिएको समाचार प्रकाशनमा आई रहन्छ । यसरी बलि दिएर मारिएको प्राणीको मासु पछि ईश्वरको प्रसादको रूपमा खाने गर्दथे । आदिम मानिसमा मान्छेको मासु खाने चलनको शुरूवात यसरी धर्मसँग प्रत्यक्ष सम्बन्ध रहेको पाईन्छ । तर मान्छेले मान्छेको मासु खाने आहारको लागि नभई ईश्वरको प्रसादको रूपमा शक्ति प्राप्त हुने बिश्वासले गर्दथ्यो ।
उता पश्चिम अर्थात युरोपमा रहने मानब जाति खाना र जलबायुको प्रभाबले ठूला जिउडाल र तिक्ष्म बुध्दि भएका लडाकु जातिका रूपमा बिकसित हुँदै गए । यिनीहरूमा युध्द कौशलको बिकास हुँदै आयो । यी मानब जातिले नयाँ ठाउँको खोजी गर्दै लुटपात गर्ने भएर आए । यसै क्रममा यिनीहरू नयाँ हतियार बनाउन शिपालु भए र समुन्द्री यात्रा गर्न पनि जान्ने भए । फलस्वरूप यिनीहरू नयाँ भुमि खोज्ने र आफ्नो साम्राज्य बढाउने तर्फ प्रयत्नशील रहे । यसै क्रममा बिज्ञानको पनि प्रगती हुँदै गए । आज पश्चिममा सैनिक शक्ति र भौतिक बिज्ञानमा उच्च प्रगती गर्न सफल हुनुमा यिनीहरूले खाने मांशाहार भोजनको र जलबायुको प्रभाब परेको स्पष्ट छ ।
यता पूर्ब तर्फ लागेका मानब समुह सामाजिक बिकास तर्फ अगाडी बढ्दै कला, संस्कृती, साहित्य आदिले सम्पन्न हुँदै गए । ई.पू. छैठौं शताब्दीमा जैन तिर्थंकर बर्धमान महाबीर र भगबान गौतम बुध्दको उदय पश्चात भारतबर्षमा प्राणी हिंशामा ब्यापक कटौटी भयो र शाकाहार भोजन लोकप्रिय हुंदै गए । ई.पू. तेश्रो शताब्दीमा महाराजा अशोकले बुध्द धर्म ग्रहण गरि सके पछि सम्पुर्ण भारतबर्षमा पशु हिंशा अबैध घोषणा गरे, साथै बिश्व मै पशुहरूको लागि पहिलो चिकित्सालय खोलि दिए । यसरी पूर्बमा मान्छेकै मासु खाने जंगली मानवबाट शाकाहारी मानवमा परिणत भए । त्यसैको प्रभाब स्वरूप आज भारतमा ३८ प्रतिशत जनता शाकाहारी छन् र भारतलाई बिश्वमा शाकाहारीको देश पनि भनिन्छ ।
गौतम बुध्दकै समकालिन ग्रीक दार्शनिक एवं गणितज्ञ पाईथागोरसले युरोपमा शाकाहारी अभियान शुरू नगरेको त हैन, तर खासै सफलता भने पाएन । उनको शिक्षामा आध्यात्मिकता भन्दा बैज्ञानिक दृष्टिकोण बढी थिए । आम जनताले खासै महत्व नदिंदा उनको अभियान सानो समुहमा सिमित भए । हजारौं बर्षसम्म पनि युरोपको सानो शाकाहारी समूहलाई उनकै नामबाट पाईथागोरियन भन्ने गरिन्थ्यो । ई.स. १८४७ मा ईंगलैण्डको म्यानचेष्टर शहरमा पहिलो पटक शाकाहारीहरू संगठित भएर बिश्वमै पहिलो शाकाहारी समाज खभनभतबचष्बल कयअष्भतथ स्थापना गरे र भेजेटेरियन भन्ने शब्द पहिलो पटक प्रयोगमा ल्याए, अनि आफुलाई पाईथागोरियनबाट भेजेटेरियन भन्न थाले । युरोपमा अहिले १ प्रतिशत मात्र शाकाहारी भएको तथ्यांक छ यद्यपि यिनीहरूको संख्या भने दिनहुँ बढ्दो छ । युरोपमा शाकाहारीहरू बृध्दि हुनुमा धार्मिक भन्दा मानब स्वास्थ्य, वातावरण संरक्षण र जनावर मैत्री चिन्तन नै प्रमुख कारणहरू हुन् ।
अहिले मानिसको जीबनशैली बिलाशिपूर्ण हुनु, शारिरिक ब्यायाममा कमि आउनु, पशुपालनमा कृत्रिम उपाय अपनाई बढि उत्पादन गर्नु, मानिसको शरिरमा मासु पचाउने शक्तिमा कमि आउनु, मासुको सेवनले शरिरमा रोग निरोध शक्ति क्षिण हुंदै क्यान्सर जस्ता भयानक रोग लाग्नु आदि कारणले पनि मासु नखानेको संख्या बढ्ने क्रममा छ। साथै संयुक्त राष्ट्र संघले हरेक बर्ष जुन २१ तारेखको दिन बिश्व योग दिबस मनाउने घोषणा गरे पछि शाकाहारीको संख्या ह्वाट्टै बढेको छ। योगमा शारिरिक ब्यायामको अलावा ध्यानको पनि अभ्यास गर्नु पर्ने र शाकाहार सेवनले ध्यान गर्न सहज हुने हुनाले पनि धेरै मानिस शाकाहारी बन्न थाले ।
बिश्वमा नाम कहलिएका बैज्ञानिक, डाक्टर, समाजशास्त्री, मनोबैज्ञानिक चिकित्सक, फिल्म कलाकार, खेलाडी, संगितकार आदिले मासु सेवन छोडेको समाचारले पनि शाकाहार तर्फ मानिसहरू आकर्षित भएका हुन । पूर्बीय धर्मगुरूहरू त मांशाहार बिरोधि हुन नै, साथै ईशाई पादरीहरू र ईस्लामी मौलानाहरूले पनि बिस्तारै पशु बलि र मांशाहार त्याग गर्दै आएको समाचारहरू आई रहेको हामी पाउँछौं ।
बिकासकै क्रममा शाकाहारीहरू झन् कडा रूपमा प्रस्तुत हुँदै अब केवल माछामासु हैन किरा फट्यांग्राबाट प्राप्त हुने बस्तु जस्तै मह पनि नखाने र रेशमबाट तयार हुने वस्त्र पनि बहिष्कार गर्छन् । बैज्ञानिकहरू पनि यसमा सहमति जनाउँदै हामी सबै जैबिक परिवारमा आबध्द भएको र एक आपसमा मारकाट गर्दा बाताबरणिय सन्तुलन बिग्रने र अन्त्यमा संसारबाट सम्पुर्ण प्राणि नै लोप हुने खतरा बारे सचेत गराउंदै आएका छन् । उदाहरणको लागि यदि माहुरी यो संसारबाट बिदा भयो भने ४ बर्ष भित्र सबै खालको अन्नबालि नाश भै बीउ समेत लोप हुने तथ्य प्रमाणित भै सकेको छ । त्यसैले अहिले धार्मिक ब्यक्तिहरू भन्दा नाष्टिकहरू शाकाहारी अभियानमा सक्रिए भै राखेको देखिन्छ ।
सारांसमा मानिसको शारिरिक तथा मानसिक बिकासमा उसले ग्रहण गर्ने भोजनले पुरै प्रभाब पार्ने हुँदा संसारको बिभिन्न भागमा भिन्दा भिन्दै मानब सभ्यताको उदय हुनु, सभ्यता र संस्कृतिमा परिबर्तन आउनु र पुरै सभ्यता नै पतन हुनुमा भोजनको प्रभाबले भएकोमा मानबशास्त्रीहरू एकमत छन् । त्यसैले हामी पनि आफैमा सकारात्मक परिबर्तन चाहन्छौं भने सोही अनुरूप भोजन ग्रहण गर्नु आबश्यक हुन्छ । भोजन नै हाम्रो ब्यक्तित्व निर्माण गर्ने प्रमुख तत्व हो भने ब्यक्तिहरूको समूहले समाज निर्माण हुन्छ र समाजको ब्यबहारिक चरित्रलाई नै सभ्यता भनिन्छ । यसरी भोजनले सभ्यता निर्माणमा प्रत्यक्ष प्रभाब पारेको हुन्छ ।
पुनश्चः
भोजनकोआधारमा शाकाहारीलाई ६ समुहमा राख्न सकिन्छ ।
१. अण्डा र दुधबाट निर्मित बस्तु खाने शाकाहारी यखय–बिअतय खभनभतबचष्बल
२. अण्डा खाने दुग्धजन्य नखाने शाकाहारी यखय–खभनभतबचष्बल
३. अण्डा नखाने दुग्धजन्य खाने शाकाहारी बिअतय–खभनभतबचष्बल
४. मासु नखाने तर माछा खाने शाकाहारी उभकअभतबचष्बल
५. कुखुरा बाहेक अन्य मासु नखाने शाकाहारी उयिियतबचष्बल
६. पशुपंछि तथा किरा फट्यांग्राबाट प्राप्त हुने बस्तु नखाने शाकाहारी खभनबल

Leave a Reply

Your email address will not be published. Required fields are marked *

काठमाडाैं महानगरपालिकाकाे अनुराेध