१२ वडाबाट बाढीपीडितहरूका लागि निःशुल्क खाना

शुक्रवारदेखि अविरल वर्षाका कारण उत्पन्न बाढीले पीडित भएकाहरूलाइ थाेरै भए पनि राहत दिन काठमाडाैं महानगरपालिका १२ वडाले निःशुल्क खानाकाे व्यवस्था गरेकाे छ ।

कामपा १२ वडाका सदस्य पुष्परत्न प्रजापतिकाे नेतृत्वमा अाज बिहानैदेखि कामपा १२ वडा पचलीस्थित महेन्द्र सरस्वती स्कूलमा निःशुल्क खाना वितरण गरिएकाे हाे । १२ वडामा बाढीका कारण डुबानमा परेकाहरूकाे उद्धारका लागि स्थानीय खाेज तथा उद्धार टाेली समेत बिहानैदेखि सक्रिय रहेकाे छ भने सुरक्षा निकायसँग पनि उद्धारकाे लागि समन्वय भइरहेकाे वडा सदस्य प्रजापतिले बताउनु भएकाे छ ।

निःशुल्क खाना वितरणका लागि वडा सदस्य प्रजापतिका साथै महिला वडा सदस्य नानीहेरा डंगाेल, वडा सचिव सञ्जुमा महर्जन र स्थानीय समाजसेवीहरू खट्नुभएकाे छ ।

कामपा १२ वडा बागमती र विष्णुमतिकाे दाेभान रहेकाे वडा हाे । यहाँ बागमती र विष्णुमति खाेलाले राैद्ररूप देखाइरहेकाे छ । सुरक्षााकाे लागि स्वयम्सेवकहरूले कसैलाइ पनि नदी किनार जानबाट राेक लगाइरहेकाे छ ।

कामपा १२ वडाका नदीकिनारका बस्तीमा राती लगभग ५–६ फिटसम्म पानी भरिएकाे र अझै पनि त्यहाँ पानी रहेकाे जानकारी प्राप्त भएकाे छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

काठमाडाैं महानगरपालिकाकाे अनुराेध