विष्णु–नाति फोटोपत्रकारिता पुरस्कार स्थगित
सांस्कृतिक फोटोपत्रकारिताको प्रवद्र्धनका लागि वरिष्ठ फोटोपत्रकार नातिकाजी महर्जनले स्थापना गर्नुभएको ‘विष्णु नाति फोटो पत्रकारिता पुरस्कार’ यस वर्षका लागि स्थगित गरिएको छ ।
पुरस्कारका दाता महर्जनको स्वास्थ्यका कारणले हरेक वर्ष श्रावण शुक्ल (गुंलाथ्व) त्रयोदशी बहिद्यः प्रदर्शन गरिने दिन प्रदान गरिँदै आएको पुरस्कार स्थगन गरिएको जानकारी प्राप्त भएको छ । वरिष्ठ फोटोपत्रकार महर्जन केही महिना अघि मुटुमा समस्या देखिएका कारण घरमा नै आराम गरिरहनु भएको छ । उहाँले आगामी दिनमा पुरस्कारलाई निरन्तरता दिने बताउनु भएको छ ।








