सिंगापुरमा रहेका नेपालीहरुबीच फुटसल प्रतियोगिता सम्पन्न
चौंथो नेप्लिज सोसाइटि सिंगापुर फुटसल प्रतियोगता ३ अगष्टमा सम्पन्न भएको छ । नेप्लिज सोसाइटि सिंगापुरको आयोजनामा सिंगापुरमा रहेका नेपालीबीच प्रतियोगिता आयोजना गरिएको हो ।
प्रतियोगितामा ६ इलाइट टीम, २ महिला टीम र २ जुनियर टीमको सहभागिता रहेको थियो । यसका अलवा सिंगापुरमा रहेका दर्जनौं नेपालीले पनि सहभागिता जनाएका थिए । प्रयोगिताले म्यानमार र भारतमा रहेका नेपाली भाषीहरुलाई पनि आयोजना स्थलसम्म डोर्याएको थियो ।
एकदिने प्रतियोगितामा ६ इलाइट टीमलाई दुई समुहमा विभाजन गरि लिग चरणको आधारमा होम र अवे रुल अनुसार खेल खेलाइएको थियो । समुह चरणमा सबैभन्दा धेरै अंक पाउने टीम सेमिफाइनलमा पुगेको थिए र त्यसलगत्तै फाइनल खेल पनि खेलाइएको थियो ।
प्रतियोगिताको प्रत्यक्ष प्रसारण गोल नेपालबाट भएको थियो जसलाई करिब १० लाख मानिसले हेरेका थिए ।

प्रवासमा बस्ने नेपालीलाई आत्मिय एवं भाईचारा अभिवृद्धि गरी अन्तत नेपालकाे पर्यटन प्रवर्द्धन गर्ने उदेश्य लिएकाे कार्यक्रमका संयाेजक बिपिन खत्रीले जानकारि दिनुभयाे साथै यस प्रकारकाे कार्यक्रमबाट उठेकाे रकम नेपालमा सामाजिक कार्य तथा नेपाली खेलकुदलाई टेवा पुग्ने गरि आर्थिक सहयाेग गर्ने उदेश्य रहेकाे जानकारी कार्यक्रमका सह संयाेजक इन्द्र खत्रीले दिनुभयो ।








