खाेजी कार्यमा सहयाेग गरीदिन भीमा श्रेष्ठकाे आग्रह
गत बैशाख १३ गतेदेखि ग्वार्को चोकबाट हराई रहेका ललितपुर सातदोबाटो एन्फा निवासी भिमा श्रेष्ठ ओझाकी श्रीमान् बर्ष ५४ को ई. डिल्लीराज ओझा आजसम्म पनि फेला पर्नुभएको छैन ।
१३ गते बिहान ८ः४० बजे अफिस जानका लागि घरबाट हिँड्नु भएका ओझा हराउनु भएको उहाँको खोजिकार्य परिवार र प्रहरी मार्फत तिव्र गतिमा भइरहे पनि उहाँ कहाँ हुनुहुन्छ भन्ने यकिन भइसकेको छैन ।
उहाँलाई खोज्न सहयोगको लागि दोलखावासीको सक्रियतामा किम्ची रेष्टुरेण्ट अनामनगरमा जेठ १० गते विहीवार एक पत्रकार सम्मेलनको आयोजना गरिएको थियो ।
आफ्नो श्रीमान्को खोजी कार्यमा सहयोग पू¥याउन श्रीमती भिमा श्रेष्ठ ओझाले विशेष आग्रह सहित अनुरोध गर्नुभएको छ । छोरा विष्णु ओझा एमबीबीएस परीक्षाको तयारीमा रहेको समयमा बुबा हराएपछि उहाँ तनावमा हुन्ुहुन्छ । सम्भावित क्षेत्रहरुमा दिनरात खोजी गर्दा पनि नभेटिएपछि परिवारजनले सहयोगको याचना गर्दै पत्रकार सम्मेलन गरेको थियो ।

पत्रकार सम्मेलनमा उपस्थित हुनु भएका डिएसपी प्रह्लाद कार्कीले सरकार र सुरक्षा निकायको तर्फबाट हालसम्म भईरहेको र गरेको कार्य प्रगतीको बारेमा जानकारी दिनु भएको थियो । उहाँले हराउनु भएको व्यक्तिका साथमा मोबाइल र अन्य इलेक्ट्रिक डिभाइसहरु नभएका कारण खोजी कार्यमा नयाँ प्रविधि प्रयोग गर्न नसकिएको तर आफूहरुले काठमाडौं उपत्यकाबाट बाहिर जाने नाका तथा तालुकका निकायहरुमा हुलिया परिपत्र गरी खोजी कार्य तीव्र रहेको बताउनु भयो ।
यसै गरी दोलखाका युवा समाजसेवी अधिवक्ता प्रविण प्रधानले प्रेश विज्ञप्ती वाचन गर्नु भएको थियो । हराएको व्यक्ति नेपाल टेलिकमका कर्मचारी भएको जानकारी दिनु हुँदै गत पाँच वर्ष पहिले एक सडक दुर्घटनामा परी उहाँको मस्तिष्कमा चोट पुगेको र पछिल्लो समय उहाँ डिमेन्सिया र अल्जाइमर जस्ता रोगबाट समेत ग्रस्त भएको बताइएको थियो ।









