वागमती विश्वविद्यालय् – नेवाः सरोकार समूहको प्रारम्भिक भेला
वागमती विश्वविद्यालय नेवाः सरोकार समूहको प्रारम्भिक भेला नेपालभाषा केन्द्रीय विभागमा सम्पन्न भएको छ । नेपालभाषा विषय अध्यापन गरिरहेकाहरू र स्नातकोत्तर गरिसकेकाहरू सहभागी भर्इ उक्त विश्ववद्यालयमा नेवाः अध्ययन केन्द्र स्थापना गर्नु पर्ने विषयमा सरोकार देखाउँदै भेला अयोजना गरिएको हो ।
भेलामा अनुप सिं सुवालले वागमति प्रदेशले वागमती विश्वविद्यायलयमा नेवाः अध्ययन केन्द्र राख्नुपर्ने कानूनी, राजनैतिक र व्यवहारिक पक्ष प्रस्तुत गर्नुभयो । प्रदेश सरकारी कामकाजी भाषा एेन २०८० मा भएको प्रावधान अनुरूप नेवारहरूले अधिकार प्रयोग गर्न यो विश्वविद्यालयमा नेवाः अध्ययन अध्यापन हुनुपर्ने बताउनु भयो । वागमती विश्वविद्यालयले काम अगाडी बढाइ सकेकोले नेवारहरू सबै मिलेर राजनैतिक, सामाजिक, शैक्षिक पहल गरेर उक्त विश्वविद्यालयमा नेवाः अध्ययन विभाग स्थापना गर्नु पर्ने बताउनु पर्छ ।
भेला नेपालभाषा केन्द्रीय विभाग प्रमुख सहप्रा डा। राजनलाल जोशीको सभापतित्वमा भएको कार्यक्रममा डा। जोशीले नेवारहरूको बाहुल्यता भएको वामगती प्रदेशमा विश्वविद्यालय खुलेको अवसरमा नेवाः अध्ययन विभाग स्थापना गर्ने अभियान चलाएको कार्यको सराहना गर्नुभयो।
उहाँले विश्वविद्यालयलाई आवश्यक जनशक्ति आफ्नो विभागले तयार गरिसकेको र नेवाः अध्ययन केन्द्रको अवधारणा समेत तयार रहेको बताउनु भयो । प्राविधिक शिक्षाको लागि अहिले पनि विभिन्न विश्वविद्यालय रहेकोले बागमती प्रदेशले संचालन गर्ने विश्वविद्यालयले यहाँका जनताको संस्कृति तथा सम्पदाको संरक्षणका लागि भूमिका खेल्नुपर्ने बताउनु भयो ।

भेलामा नेपालभाषाका प्राध्यापकहरु र स्नातकोत्तर सम्पन्न गरिसकेका ३० जना व्यक्तिहरुको सहभागिता रहेको थियो । कार्यक्रममा रविन श्रेष्ठले स्वागत गर्नुभएको थियो भने अच्युत बज्राचार्यले कार्यक्रम सञ्चालन गरेको थियो ।








