भिक्षुसार

गेरू वस्त्र धारण गर्छु, बौध्द सन्यासि म;
मागि खाने कर्म मेरो, भिक्षु मेरो उपनाम ।
डुलि फिरि गाउं घर, भिक्षा थापि खान्छु;
सबैलाई बुध्दबचन र, ध्यान गर्न सिकाउँछु ।
पंचशील ग्रहण गराई, अहिंशाको मार्ग देखाउँछु;
बुध्दको अनुयायि बनाई, बुध्द शासन चलाउँछु ।
हत्या म कहिल्यै गर्दिन, गर्नेलाई नगर भन्दिन;
माछामासु म पनि खान्छु, त्यसैले धेरै बोल्दिन ।
भोग्छन पाप उसैले, जसले मारे काटे;
मृतको मासु खाएं, त मैले के बिराएं ?
गाउँ बजार हिँड्नु छ, घर शहर डुल्नु छ;
बुध्दशासन चलाउन, ताकत पनि त चहिन्छ ।
खाएर मात्र सागपात, ज्यान लाग्दो रहेनछ;
तन्दरूस्त हुनलाई त, मासु पो चाहिंदो रहेछ ।
माछामासु नखानु, बुध्दले भनेको नै कहां छ ?
दानमा दिए खानु भनि, बुध्दले नै भनेको छ ।
दाताले दिए मात्र खाने, खाउं भनी माग्दैनौं;
परिकारमा दियो भने, आशिष दिएर खान्छौं ।
धन्य भएं म अन्त्यमा, निर्बाणको मार्गमा लागेर;
खुशि छु म भिक्षु भएर, माछामासु खान पाएर ।
त्रिरत्न शरणं गच्छामि,
माछामासु भक्षामि !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

काठमाडाैं महानगरपालिकाकाे अनुराेध