पागल भए छु म त

हावाले जता लग्यो
उतै जाने बादल झैं
तिमीले जता लग्यो
उतै जाने पागल भए छु म त

कावाले कता लग्यो
थाहा छैन खादल मै
तिमीले खसाल्यो त
पौडि खेल्न पागल भए छु म त

जति जति उम्किन यत्न गर्छु
उति उति गहिराइ भित्र पुग्छु
जब गर्भको खानीे ज्वाला बनिकन
क्षितिजमा सुुनौलो किरण छर्छ ।

म तिम्रो न्यानो अंगालोमा
अनायास समाहित हुन पुगेको हुन्छु ।
धन्य धन्य यो क्षण मज्जा लाग्छ
सून्य सून्यमा कौतुहल जाग्छ ।

जहाँ श्रृष्टिको मियो प्रकट भइकन
अनगिन्ति बीजहरु अंकुरण गर्छ
त हाम्रो आफ्नै संसारमा
रस्वादन स्वर्गको लिन पुगेको हुन्छु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

काठमाडाैं महानगरपालिकाकाे अनुराेध