रोट्र्याक्ट क्लव कुसोमद्वारा धुम्रबराहा माबिलाई  बिभिन्न सहयोग प्रदान

काठमाडौँ बिश्वबिद्यालय अन्तर्गतको  कुसोम( Kathmandu University School Of Management )   रोट्र्याक्ट  क्लवले   धुम्रबराहा माध्यमिक बिद्यालयलाई  बिभिन्न सहयोग प्रदान गरेको छ।

शुक्रबार सो बिद्यालयमा आयोजित एक कार्यक्रमका बीच कुसोम रोटार्क्ट क्लव (KUSOM Rotaract Club) को संस्थापक सभापति स्नेहा चिमौरियाले मर्यादित महिनावारी दिवसको उपलक्ष्यमा कक्षा  ७, ८ , ९ र १० का छात्रालाई   पुन: प्रयोग गर्न मिल्ने  प्याड १३० थान र २५ थान अन्डरबेयरका साथै कलर पेन्सिल र कलर ९६ थान ,  कपि १०० थान , पुस्तकालयको लागि सन्दर्भ पुस्तक ७० वटा , पेन्सिल ब्याग १०० वटा , खेलकुद सामग्री (  ब्याडमिन्टन, फुटबल र टेबलटेनिसलगायत) र ट्र्राय्कसुट लगायतका लुगाहरु धुम्रबराहा मा. वि.का प्रधानाध्यापक सुजाता राजलवटमार्फत  हस्तान्तरण गरेकी  हुन् ।


उक्त सामग्री हस्तान्तरण गर्दै कुसोम रोटार्क्ट क्लव (KUSOM Rotaract Club) को संस्थापक सभापति  चिमौरियाले आगामी दिनमा पनि बिद्यालयलाई सक्दो सहयोग गर्दै जाने बताइन  भने  उक्त बिद्यालयका प्रधानाध्यापक सुजाता राजलवटले  रोट्र्याक्ट  क्लव कुसोमले बिद्यालय र विद्यार्थीका लागि सहयोग गरेकोमा धन्यवाद दिदै आगामी दिनमा पनि यस्तै सहयोगी भावना लिएर अगाडी बढ्न  रोट्र्याक्ट क्लव कुसोमलाई शुभकामना दिईन।
रोट्र्याक्ट   क्लव कुसोमद्वारा आयोजित उक्त कार्यक्रमलाई सफल बनाउन रोटरी क्लव पाटन साउथ, बुद्ध पब्लिकेशन ,प्रभु बैंक, इनयाँ क्याफे र बुद्ध पब्लिकेशनलगायतका संस्थाहरुको सहयोग रहेको  बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

काठमाडाैं महानगरपालिकाकाे अनुराेध