ललितपुर उवासंघको अध्यक्षमा महासचिव रुपकको उम्मेदवारी
वर्तमान महासचिव रुपकमान महर्जनले यही असोज १९ र २० गते हुने ललितपुर उद्योग वाणिज्य संघको ४४ औं साधारणसभा तथा अधिवेशनमा अध्यक्ष पदका लागि उम्मेदवारी दर्ता गराउनुभएको छ ।
उहाँ विगत १० वर्षदेखि संघमा विभिन्न पदमा रहेर काम गर्नुभएको थियो । उहाँ यस अघिको समितिमा राजस्व समितिम रहेर कार्य गर्नुभएको थियो ।
महासचिव रुपकमान महर्जनले आफ्नो प्यानलसहितको उम्मेदवारीको सम्बन्धमा जानकारी दिन गत बिहीवार यल दरवारमा एक पत्रकार सम्मेलनको आयोजना गरिएको थियो ।
अधिवेशनमा महर्जनसँगै अध्यक्ष पदका लागि रवीन्द्र राज ताम्राकार र विश्व राज बज्राचार्यले पनि उम्मेदवारी दिएका छन् ।
रुपकको प्यानलबाट वरिष्ठ उपाध्यक्षमा सुसन महर्जन, उद्योग उपाध्यक्षमा सुरज बज्राचार्य, वाणिज्य उपाध्यक्षमा सुनिल शाक्य, संस्थागत उपाध्यक्षमा रमेश सिंह महर्जन, महासचिवमा महेश श्रेष्ठ र कोषाध्यक्षमा राजु महर्जनले उम्मेदवारी दिएका छन् ।
त्यस्तै, उद्योग तर्फ कार्य समिति सदस्यहरुमा अनिल महर्जन, आशिष शाक्य, गुण केशरी ताम्राकार, संघ रत्न डंगोल, सबुता महर्जन र सदिक्षा डंगोलको उम्मेदवारी छ भने वाणिज्य तर्फ कार्यसमिति सदस्यहरुमा प्रेमकाजी शाक्य, विक्रम बज्राचार्य, महेश्वर लाल खोसीं, राजेन्द्र लामा तामाङ, लक्ष्मी कृष्ण श्रेष्ठ, सुनिल कुमार श्रेष्ठ र सुरज महर्जनले उम्मेदवारी दिएका छन् । यसैगरी संस्थागततर्फको सदस्यमा नेपाल कपडा तथा सिलाई व्यवसायी संघ ललितपुरका पूर्ण महर्जनको उम्मेदवारी रहेको छ भने एसोसिएटतर्फ यल दरवारका रवि महर्जन निर्विरोध निर्वाचित हुनुभएको छ ।

अध्यक्ष पदका प्रत्यासी रुपकले आफ्नो घोषणा पत्रमा ललितपुर जिल्लालाई हस्तकला र उद्योगको सँधैभरी राजधानीको छाँयामा परेको अवस्थामा परिवर्तन ल्याएर सबल र निर्णायक भूमिका निर्माणमा योगदान दिने प्रतिबद्धता जनाएका छन् ।
उहाँले तीनै तहको सरकारसँग सहकार्य गरेर ललितपुरका व्यवसायीहरुको हितको लागि आफू अगाडि बढ्ने र विश्वव्यापीरुपमा फैलिएको आर्थिक मन्दिको संकटबाट उकास्नका लागि पनि पहल गर्ने बताउनु भयो ।








