भीम र शंकरको जोडीले जित्याे बाफल ब्याड्मिन्टन

बिहिबार भएकाे बाफल ब्याड्मिन्टन क्लब च्याम्पियन्सीपमा  भीम राई र शंकर श्रेष्ठको जोडी च्याम्पियन बनेकाे छ ।

भीम र शंकरको जोडीले प्रतिस्पर्धात्मक फाइनलमा सहदेव सुवेदी र विकास रानाको जोडीलाई २–१ सेटमा हरायो ।

सो प्रतियोगितामा संग्राम क्षेत्री र समीर पन्तको जोडीलाई २–१ सेटमा नै हराएर सुरेशरत्न शाक्य र दिनेशरत्न शाक्यको जोडी तेस्रो स्थानमा रहन सफल भयो ।

बाफल च्याम्पियन्सीपका विजेता भीम र शंकरकाे जाेडीले ट्रफीका साथमा पाँच हजार,  उपविजेता सहदेव र विकासकाे जाेडीले तीन हजार तथा सुरेशरत्न र दिनेशरत्नकाे जोडीले दुई हजार नगद पुरस्कार प्राप्त गर्नुभएकाे थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

काठमाडाैं महानगरपालिकाकाे अनुराेध