प्लेटो दर्शनको राजनीतिक महत्व

प्लेटोको, नैतिक विचारले हेर्दा मानवीय नैतिकता भनेको प्राकृतिक नै मान्न उपयोगी छ । अनैतिकता मेटी जानसक्नु पर्दछ । राष्ट्र विकास गर्न मानव समाजले । प्लेटोकै राजनीतिक सम्बन्ध गाँसिएका विचार याने ‘स्टेट्मेन्ट’ र ‘लाज’ भन्ने ग्रन्थमा हामीले फेला पार्न सकिन्छ । नगरको व्यवस्था कुशलताले सम्बन्धन गर्न सक्नुपर्दछ । साथै नागरिकले नैतिक समर्थन दिएका मार्गको बाटोमा लगी नै राख्न सक्नु पर्दछ । यस कार्यको अभिभारा राज्यको उत्तरदायित्व तथा अभिभारा बोकी रहेकाहरुकै अपरिहार्य कार्य प्रणाली हुन् भनी थाहा पाउन सक्नु पर्दछ । यस कार्यलाई दण्ड विधानद्वारा मात्र सम्भव नभइ सकारात्मक शिक्षा दिनुका साथ हुँदै गरेका शिक्षा कतिसम्म सम्बन्धनको हो वा होइन भन्ने सिद्धान्तको प्रभाव प¥यो भन्नेमा निरिक्षण गरी तत्पश्चात यसै यन्त्रद्वारा हेरी लाने वाटो नै माथी भनीएका कार्य पूर्णता दिने सम्भाव्यताले लिने गरेको देखिन्छ । सँगै यस यन्त्र प्रणालीलाई उपयुक्त भएका नीति नियमनले उत्तरदायित्व हुर्काउने समय त्यस यन्त्रले सामाजिक व्यवस्थादेखि व्यवसायिक जीवनसम्म पनि सकारात्मकले नियन्त्रण गर्न सक्नुपर्दछ, यससँगै सम्वद्धताले फरक बाटोसम्म सम्याउन सक्नुपर्दछ । तत्पश्चात समाजमा विवाह प्रवृत्तिदेखि बालबालिकाहरुले खेल्ने व्यवस्था शिक्षा आदिसम्मलाई नियन्त्रण गरिने अभिभारालाई प्लेटोको विचारानुसार चिन्तन गरी हेर्ने समय उव्जन सक्नेलाई पिताको गुणसँग निर्भर हुन जान्छ । त्यसैले राज्यमा नागरिकका कुनै पनि परिवारमा दाम्पत्य जीवन निरीक्षण नगरिकन असल स्वाभाविक चाल पाउन नसकिने भन्ने उल्लेख्य पाईन्छ । प्लेटोले उल्लेख गरिराखेको छ कि राज्यको शासकमा त्यस प्रकारका व्यक्तिहरु पदाधिकारी पदमा नियुक्ति गर्नुपर्दछ ।
जुन व्यक्ति विवाह गर्नुपूर्व त्यसको पति वा पत्नी हुनेको त्यस्को गुण चरित्र कुन अवस्थाको हो त्यसलाई जाँच नगरिकन हुने विवाहलाई (यस प्रकारको विवाह हुन जाँदा वंश, आकृति अस्वभावको भिन्नता वा फरक पर्न सक्तछ) अवैध गर्नसक्नु पर्दछ, भन्ने उल्लेख्य पाइन्छ । राज्य व्यवस्थामा अस्वभाविक कार्य प्रणालीले राष्ट्र नै विखण्डन हुन सक्दछ भनी योग्य अथवा उपयुक्त सम्वन्धन हुने कार्य व्यवस्था परिचालन गर्न विवाहको जीवनमा साहस र लगनसिल तथा सहनसिल नरमताको बानि व्यहोरा लोग्ने स्वास्नी (वनावटी बानी व्यहोरा हुनु हुँदैन) दुवैमा हुनुपर्दछ । नत्रभने यस स्थितिको जीवन सम्बन्ध गास्न सकिनेमा कठिनाइ पर्नुका साथ परिहार्य हुन सक्दछ ।
प्लेटोले उल्लेख्य गरिएका अनुसार शासक हुनुका लागि बाल शिशुहरुलाई सुसारकुसार गर्ने प्रविधि याने राम्रो व्यवहार गर्नुका साथै देखाइएको प्रबन्धको विधान अति आवश्यक देखिन्छ । कुनै पनि राज्यको गहनसँग अध्ययन गर्ने शिक्षालयमा परिपक्व हुने गरि प्रावधानानुसार सुव्यवस्थितताले प्रवन्ध गर्न सम्मति दी राखेको पाइन्छ । किनकी बालबालिकालाई शिक्षा नै सबैभन्दा ठुलो र नभै नहुने अपरिहार्य नैतिक नीतिप्रति बल पु¥याउन सकिने संरचना हो । बालबालिकालाई अध्ययन गर्ने पुस्तक पुस्तिकामा राज्यको विधिविधान स्वरुपमा राजनीतिक विषयवस्तु पूर्णतया प्रतिबन्ध याने नियन्त्रण गरीदिनु पर्दछ । किनभने यस्ले उनीहरुका हातमा पर्ने हुने नहुने सबै प्रकारका पुस्तकहरु नपरुन् ।
प्लेटोको अनुसार नै यसरि सिक्न सकिन्छ कि नानीहरुलाई पद्यात्मक नभइ गद्यात्मकले लेखिएका पुस्तिकामा नै उनीहरुका जीवनसँग व्यवस्थितले मनपराउने गरी उन्नती गर्न सक्ने विचारदी राखेको हुनु जरुरी छ । नानीहरुको लागि तयार गरिएका पुस्तिकामा झगडा गर्ने, तर्साउने र उत्तेजीत हुने खालका शव्द वाचक कति पनि प्रभाव परिनु हुन्न ? किनभने त्यसप्रकारको कुरा पढिने समयमा झगडा गर्नुका साथ दोस्रोलाई लाचार पार्नुसँगै उत्तेजित हुने खाल्का बानीमा हुर्कन पुग्दछ भनी । त्यसैले भावि पुस्ताका लागि राज्यका नागरिक व्यवस्थादेखि अन्य आदि व्यवस्थाको लागिसम्म शान्त छ हुने जिवनमा रोकतोक नहोला वा नगर्ला भन्न सकिन्न । त्यसैले नानीहरुलाई त्यस प्रकारका पाठ पढाउन र सिकाउनु पर्दछ कि कस्तो प्रभाव द्वारा तीनिलाई शान्त शरल भावको उन्नत विकास गरी ज्ञानको परिभाषा वा नाफा लिन सजिलो पर्ने होस् ।
वच्चाहरुलाई प्रथम त बुझ्न सक्ने प्रकारको गद्यात्मकताको पुस्तक पढाउन सकिने छ । तर त्यस पद्यको पुस्तकमा प्रथम त ईश्वरलाई प्रार्थना गरिने खालका तथा ठुलावडा मान्य विद्वान व्यक्तिहरुको प्रशंसासँगै असल कर्म सदगती स्वरुपद्वारा पहिराउँदै लान सकिने विषय वस्तु हुनु अनिवार्य छ । यस प्रकारको प्रकृयामा लाँदा वच्चाहरुमा दूषित चरित्र जस्ता छाँयासम्म पर्न नदिनको लाग हुन् । राज्यले यसरि पाइला चाल्नु जरुरी देखिनु कि कवि लेखक तथा तथा साहित्यकार आदिलाई नियमताको दायरा भित्र राख्न सक्नु पर्दछ । तथा सरकार पनि सत्यताको परिधि भित्र त्यतिकै रहन जरुरी छ । किनभने यस्ले त्यस काव्य रचनाले असल याने राम्रो कार्य कार्यप्रणाली तर्फ सरकार पूर्ण रुपले भर पर्दो आड दिन सक्ने हुन्छ । यस वाक्यको अर्थमा दुइमत छैन ।
नागरिकको असल आन्तरिक सामाजिक आचरण निरिक्षण गर्नको लागि दार्शनिक प्लेटोका ग्रन्थद्वारा राज्यमा निरिक्षक नियुक्ति गर्न सहमति उपलव्ध गराइएको पाइन्छ । उहाँले भन्नु भएको छ कि त्यसप्रकारको चरित्रको निरिक्षक हुने व्यक्ति पहिलो त आफु सभ्य सकारात्मक नैतिक चरित्रवानको हुनुका साथ त्यस चरित्रमा हेरि ध्यान दिनु पर्दछ । कि नगारिकहरुले आफुभन्दा ठुलाबडा मान्यजन मानार्थहरु, गुरुजनदेखि विदेशी पाहुनाहरु आदिसम्मलाई पनि सम्मान गरे नगरे थाहापाउन सक्नुपर्दछ । यिनले यसरी पनि देख्नु सक्नुपर्दछ कि नागरिकद्वारा आफुलाई आफैले अरु कोहीभन्दा ठुलो थानी हिँडे नहिँडे समेत अध्ययन गर्नु जरुरी छ । सकारात्मक नियमनले नागरिकहरुलाई बाँधिनको निमित्त प्रथमत नेताहरु वा राष्ट्र संचालन गर्ने अधिकारिकहरु याने आफूहरु नै नैतिकवान चरित्रले बाँधिनु जरुरी थानी बाँधिनु अपरिहार्य छ । त्यसपछि मात्र राज्यका नागरिकलाई शिलवान प्रवन्ध अपनाउन अधिकार दिने प्रवन्ध अघिसार्न सकिन्छ । यी कथिनाई पर्ने उत्तरदायित्वको कार्य पूर्णता दी लान प्लेटोले शासकाधिकारिलाई समेत्ने खालको शिक्षा निर्माण गर्न राज्यका कलाप्रति प्रोत्साहन दिने । त्यस प्रकारले राज्यको सिमानाको संकुचित भावना राख्नुका सँगै सहि नैतिकता नहुने नेता वा त्यस स्तरका व्यक्तिहरुबाट राज्यमा नराम्रो प्रभाव पर्न नदिन पनि सम्पत्ति याने अर्थ वजेट छुत्याइ राखेको हुन्छ । सानो राज्यमा जति व्यवस्था गर्न सहज हुन्छ । त्यति ठूलो परिवारमा वा राज्यमा कथिनाई पर्दछ । त्यसैले प्लेटोद्वारा उल्लेख्य मुताविक कुनै राज्यको सिमा अर्को राज्यको सिमा याने विदेशीसिमातर्फबाट संकोच राखि सुरक्षाको लागि सतर्क हुन भनी उक्ति दिइएको देखिन्छ ।
प्लेटोको विचारानुसार शासक हुन आउने प्रत्यकलाई बच्चादेखि नै यस परिस्थितिको शिक्षा प्रणालीको गुण भइ दियो भने त्यस्तो सफल राष्ट्रहरु आफ्नै एक परिवार हो भन्ने सम्झिन सक्नुपर्दछ । उनीहरुका मन मस्तिकमा नकारात्मक विचार नभई समाज उत्थानको स्वार्थतामा रहेर ज्योतिष नैतिकसँगै स्वच्छता दर्शन शास्त्रले पारंगत भइ जान्ने सुन्ने र वुज्रुक हुन सफल हुन सकिन्छ र पर्दछ । उनीहरुसँग बौद्धिकस्तर यति माथी उठ्न सक्नु पर्दछ कि राष्ट्रका सम्पूर्ण नागरिकका कुनै पनि समस्याहरु बुझ्न र थाहापाउनेदेखि त्यस परिस्थितिहरुलाई आ—आफ्नै हो भन्ने जस्तै उचित भावनाले कर्तव्य सम्झी निर्णय गर्न सक्ने क्षमता शक्ति हुनुपर्दछ ।
प्लेटोका अनुसार शासकसँग कानूनी राज्यमा सम्पूर्णलाई समताले न्याय दिनु वा दिलाउन सक्नुपर्दछ । त्यस न्याय दिने कार्यमा कौशलता तथा दक्षताको खुबी हुनुपर्दछ, भै दिए अति सार्थक हुने छ । अनि जस्ले गर्दा राज्यका नागरिकलाई सुव्यवस्थिति व्यवहार दिन सकिन्छ । कुनै पनि राज्यमा शासकले आ–आफ्ना व्यक्तिगत तथा दलीय स्वार्थ भन्दा माथि उठी कर्तव्य निष्ठाको स्वार्थमा पुग्न सक्नुपर्दछ । यस स्वार्थ भनेको जनताको स्तर पर्दछ भन्ने बुझी प्रथमत जनहितको सुविधा स्वार्थ कामना गर्नुपर्दछ भन्ने विचार धाराले अगि बढ्नु जरुरि पर्दछ । तर यस विचारधारा प्रति आज भोलि कुकर सामाजिकरणको जुठो प्रणालीमा रहेको एक चोक्टा मासु खान, भोलि के हुने गर्ने हो अबु्रजुक रुपमा झगडा भइ रहेको स्वरुपको भावनाले झगडा गरि केवल प्रत्येक पटक चुनाव आए पिच्छे जनतालाई करबरले दुई हात जोडी विन्ति भनी छलछामका धुत्र्याइ गरी आ—आफ्ना स्वार्थ पूर्ति गर्नको लागि दाउमा चौका हानी हिड्नेहरुलाई नभै नहुने आवश्यक नैतिक शिक्षा यस हरफले पु¥याईएको पाइन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

काठमाडाैं महानगरपालिकाकाे अनुराेध