प्रोस्टेट ग्ल्याण्डको समस्या र यसको निराकरण
परिचय ः
प्रोस्टेट ग्ल्याण्ड पुरुषहरुमा हुने एक ग्रन्थी हो । यो नाक कान घाटी भनेजस्तै पुरुषहरुमा हुने एक अंग हो । यो पिसाव थैलिको मुखमा बसेको हुन्छ । यसले युवावस्थादेखि ४०–४५ वर्षसम्म सम्भोग गर्दा शुक्रकिटलाई बाक्लो बनाई वीर्य निकाल्न सजिलो गर्ने काम हुन्छ । जसले गर्दा महिलाको योनिमार्फत् गर्भाशयमा गई अलि लामो समयसम्म बाँच्न सक्ने हुन्छ । उमेर बढ्दै गएपछि यसको काम त्यति हुँदैन र यो बढ्दै जान्छ ।
प्रोस्टेट समस्याका लक्षण ः
यो पिशाब थैलीको मुखमा हुने भएको कारणले बढ्दै गएपछि मुख्यतः पिसाबमा समस्या उत्पन्न हुन्छ । यसमा देखिने मुख्य लक्षणहरु निम्न हुन् ः
- पिसाबको धारो रोकिन जाने वा पिसावको धारो मसिनो हुने गर्छ ।
- घरि घरि पिसाव लाग्ने ।
- राति धेरैबेर उठ्नु पर्ने हुन्छ ।
- पिसाव फेरे पनि पिसाव बाँकि रहेको जस्तो हुने ।
- पिसाव फेरे पनि जाउँ जाउँ लाग्ने ।
- पिसाव फेर्न गाहो भएजस्तो हुने ।
- आफूसँगै पिसाव फेर्न गएकाहरु निस्किसके पनि आफ्नो ननिस्कने कुुर्नु परे जस्तो हुने ।
- साथीभाइले कति धेरै पिसाव गर्न गएको डाक्टरलाई देखाउने जाने कि जस्तो कुरा पनि निस्कने ।
- कहिले काहिँ पिसावबाट रगत निस्कने ।
- प्रोस्टेट ग्रन्थी बढ्दै गएपछि समस्या उत्पन्न भइ बढ्दै जाने ।
उपचार ः
जसरी थाइराइड रोग होइन यो बढ्दै गए पछि समस्या उत्पन्न गर्दछ, त्यस्तै यो पनि रोग होइन, प्रोस्टेट ग्रन्थी बढ्दै गएर पिसाब नलीमा अवरोध सृजना गरेपछि पिसाबमा समस्या उत्पन्न गर्ने गर्छ । प्रोस्टेट ग्रन्थी कुन साइजको छ भन्ने कुराले अर्थ राख्दैन । तर यसले पिसाब नलीमा अवरोध सृजना ग¥यो भने यसको उपचार गर्नु आवश्यक हुन जान्छ ।
प्रोस्टेटमा देखिने समस्या दुई किसिमका हुन्छन् । एउटा नन क्यान्सर अर्को क्यान्सर । नन क्यान्सरलाई बिपिएच भनिन्छ । बेनाइन प्रोस्टेट हाइपरप्लासिया भनेको क्यान्सर होइन । हाइपर प्लासिया भनेको जिममा गएर मसल फुलाए झैं मात्र हो । यसले पिसाव निस्कनमा समस्या उत्पन्न गराउँछ । प्रोस्टेटको समस्या भएका सबै बिरामीलाई क्यान्सर हुँदैन, १० प्रतिशतलाइ मात्र क्यान्सर हुने सम्भावना हुन्छ । यसको उपचार गराउनु आवश्यक छ ।
नेपालमा रवटोरीक सर्जरी एउटा बाहेक पत्थरी, प्रोस्टे«ट, किड्नी र पिसाव सम्बन्धी सबै किसिमको सर्जरी तथा उपचार सम्भव छ । हामीले सुमेरु अस्पतालमा यो सेवा प्रदान गर्दै आएका छौ ।
उपचार नभएमा आउने समस्या
प्रोस्ट्रेटको समस्याको समयमा उपचार गरेन भने सुरुमा पिसाबमा नै समस्या उत्पन्न हुन्छ । पिसाब फेर्न गार्हो हुने वा पिसाब नै गर्न नसक्ने हुन्छ । जसलाई हामीले उपचार गरेर नलि खोलिदिनु पर्ने हुन्छ र कसैलाई पिसाव भइरहेको छ तर समस्या भएपनि केहि अप्ठारो नहुनेले किन उपचार गर्ने भन्ने विचार गरेको हुन्छ ।
हामीकहाँ उपचार गर्न आउने व्यक्तिको पहिला हामीले समस्या हेर्छौ र यदि कोहि वयस्क मान्छे जस्को प्रोस्टेट २०० ग्रामको छ तर उसलाई पिसाव फेर्न पनि समस्या छैन अल्ट्रासाउण्ड गर्दा पिसाव पनि बाँकि छैन भने उसलाई अरु औषधि खानु पर्ने जरुरी नै छैन । तर कसैको २० ग्रामको मात्र प्रोस्ट्रेट छ । पिसाव फेर्न गार्हाे छ भने पोस्ट्रेट सानो छ भनि त्यति कै बस्नु भएन उपचार गर्नु पर्छ ।
रोग पत्ता लगाउने उपाय
शुरुमा बिरामी आयो भने इन्फेक्सन छ कि छैन भनि हेर्नका लागि पिसाव कलेक्सनको रुटिङ्ग कल्चर गर्छौं । साथै अल्ट्रासाउण्ड दुइ पटक गर्छौ । एकचोटि पिसाव रोकेर र अर्को पिसाव फेरिसकेपछि पोस्टे«टको आकार कस्तो छ भन्ने जान्नको लागि प्रोस्ट्रेटको अल्ट्रासाउण्ड गरिन्छ । यसको कारण समस्या छ कि छैन पिसाव बाँकि रहेको छ कि छैन भनि हेर्छौं ।
प्रोस्ट्रेटको आकार कस्तो छ ? प्रोस्ट्रेटको कारण पिसाव नलि बन्द छ कि छैन ? भन्ने हेर्नका लागि दिशा गर्ने ठाउँबाट औंला छिराइ हेर्छौं । यसले क्यान्सर छ कि छैन थाहा पाउन पनि सहयोग गर्छ ।
युरिन थैलिको जाँच हुन्छ । जसले पिसाव थैलिमा पिसाव छ कि छैन पिसाव नलि ठिक छ कि छैन वा आफुलाई चाहिने धारो र यसले देखाएको धारो उस्तै छ कि छैन भन्ने थाहा पाउन सक्छौं ।
हामीले युरोफ्लोमेट्रि मेशिनमा राखि जाँच गर्दा पिशाव थैलि बिग्रेको छ कि छैन भनि जाँच्न सकिन्छ । प्रोस्ट्रेट युरिन क्लिन जाँच गर्छौं रगतमा पिएसए ४ भन्दा कम छ भने यो क्यान्सर होइन भनेर थाहा पाउँछौ र प्रोस्ट्रेट ग्रन्थीको उपचार तर्फ लाग्छौ ।
खानाले यो रोगमा धेरै असर गरेको पाइएको छैन किनकि यो रोग वयस्कमा लाग्ने भएकोले रातो मासु खाएकाहरुलाई चाहि बढि देखिन्छ भन्ने धारणा छ ।
नियमित रुपमा जाँच गर्न सके पहिला नै प्रोस्ट्रेट ग्रन्थीको बारेमा थाहा पाइ उपचार गर्न सकिन्छ ।
कस्तो विरामीलाई औषधि दिने र कस्तोलाई अपरशेन गर्ने भन्ने कुरा हुन्छ । औषधि खाने भनेको पिसाव थैलि ४० ग्रामको छ पिसाव फेर्न गाहो भएको छैन पिसाव थैलिमा ढुङ्गा छैन र पिसाव नलिमात्र सानो छ भने औषधि खाएर हुन्छ तर पिसाव थैलि बिग्री सक्यो वा ढुङ्गा छ भने यो भन्दा अलि फरक छ भने प्रोस्ट्रेट ग्रन्थी काटेर फाल्छौं र औषधि पनि खानु पर्दैन ।
प्रोस्ट्रेटको समस्या सुरुकै अवस्था छ भने हामीले पहिले औषधी नै दिएर हेर्छौं । यसरी हामीले ३–४ महिनासम्म हेर्छौं । कसैकसैलाई सँधै भरी औषधीले नै काम गर्छ ।
प्रोस्ट्रेटको अपरेशन गर्न अहिले पहिले जस्तो धेरै रगत जाने गरी गर्नु आवश्यक छैन । अहिले पिसाबको नलिबाटै गएर अपरेशन गरिन्छ । यो अपरेशन गर्दा बाहिर घाउ पनि हुँदैन । पिसाबको नलिबाट खुर्किने औजार पठाएर खुर्केर पिसाब आउने बाटो बनाइ दिने र दुई तीन दिनको लागि पाइप राखीदिने काम गर्छौं । दुई तीन दिन हामीले अबजरभेसनमा राख्छौं र घर पठाई दिन्छौं । कमरभन्दा मुनी मात्र लठ्याएर बिरामी आफैले टीभीमा आफ्नो अपरेशन हेर्न मिल्ने सजिलो अपरेशन हो ।
पाइप राख्नुको कारण भनेको हामीले लेजरले जलाएर रगत बन्द गरेका हुन्छौं । त्यहाँबाट कहिलेकाहिँ रगत बगेर पिसाब थैलीमा रगत जम्मा नहोस् भनेर फोलिजक्याथोरिया भनिन्छ । इरिगेशन गरेर पानी चलाएर त्यो रगत पखाली रहन्छौं । रगत बन्द भइसकेपछि एक दुई दिन पाइप राख्छौैं । पिसाब नलिको समस्या धेरै पुरानो हो भने हामीले पाइप राखेरै घर पठाइ दिन्छौं र एक हप्तापछि पाइप निकाल्न बोलाउँछौं ।
अपरेशनपछि विरामीले सामान्य जीवनयापन गर्न सक्छ । तर एक डेढ महिनासम्म भने साइकल, मोटरसाइकलहरु नचढ्ने गर्नुपर्छ । ताकि थर्किएर घाउबाट रगत नबगोस् । प्रोस्टेट धेरै रगत जाने ठाउँ हो । यहाँ थोरै मात्र थर्कियो भने पनि रगत बग्ने सम्भावना हुन्छ । सामान्य हिँडडुल गर्न, मोटरमा बस्न मिल्छ ।
कसैकसैमा अपरेशनपछि पनि रगत बग्ने समस्या हुन सक्छ । तर समयमा नै अस्पतालमा आएर यसको कारण पत्ता लगाई उपचार गर्न सकिन्छ । कसैकसैको शारीरिक बनावटकै कारण पनि रगत बग्न सक्छ ।
अपरेशनपछि कुनै समस्या नभए पनि वार्षिकरुपमा नियमित स्वास्थ्य जाँच गराउनु आवश्यक छ । प्रोस्टेटको समस्याले किड्नीमा समेत समस्या उत्पन्न गर्न सक्छ । यसैले किड्नीमा कतिको असर गरेको छ भन्ने कुराले पनि जाँच कति समयमा गराउने भन्ने कुरामा भर पर्छ ।
यो समस्या लोग्ने मानिसहरुमा प्राय हुने समस्या हो । यसको लागि औषधी मात्रै खाएर बस्छु भन्न पनि सकिन्छ । तर औषधीले काम गरेन भने अन्तिम उपाय भनेको अपरेशन नै हो ।
अन्तमा
प्रोस्टेटको उपचार नगर्दा यसले सिधै किड्नीमा असर पुर्याउन सक्छ । किनभने पिसाबको श्रोत भनेको त्यही नै हो । हाम्रो पिसाब सफा भएन भने त्यसले किड्नीलाई असर गर्छ । पिसाब थैलीमा पिसाब फेरि सकेपछि पनि १०० मिलि भन्दा बढी पिसाब बाँकि रह्यो भने यसले बिस्तारै किड्नीमा असर गर्न थाल्छ । यसले गर्दा पछि झन् ठूलो समस्या उत्पन्न हुनसक्छ । यसैले समयमै प्रोस्टेटको अपरेशन गर्नुभनेको किड्नी बचाउनु पनि हो ।










