“गुलि जकः बांला छ” म्युजिक भिडियो सार्वजनिक
बाल कलाकार रहेको म्युजिक भिडियो धेरै रहेको छ । यसै क्रममा हास्यरस प्रस्तुति रहेको नेपाल भाषामा चर्चित निर्देशक सुरेन्द्र मानन्धरले निर्देशन गर्नुभएको “गुलि जकः बाँला छ” म्युजिक भिडियो शनिबार सार्वजनिक भएको छ ।
नेपालभाषाको संगीतजगतमा राइजिंग सिंगर भनि प्रख्यात सुरेश मानन्धर र लजना मानन्धरको स्वर रहेको गीतको रचना तथा संगीत सुरेन्द्र मानन्धर र बाजा संयोजन जीवित जल्मीले गर्नुभएको हो ।
यस भिडियोमा निर्भेश श्रेष्ठ, सर्गः मानन्धर, लूमिला मानन्धर र दृष्टि डंगोलको मुख्य भुमिका रहेको छ । रबिता बके श्रेष्ठ र सुमित्रा महर्जन श्रेष्ठको श्रृंगार रहेको म्यूजिक भिडियोमा किरण जोशीको नृत्यनिर्देशन रहेको छ । सो गीतमा बालकुमार मगरको छायाङ्कन र इन्द्र मानन्धरको सम्पादन रहेको छ ।
पूर्वमन्त्री रामबीर मानन्धरको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा वरिष्ठ सिने पत्रकार एवम् नेपालभाषाको पहिलो म्यूजिक भिडियो निर्देेशक विजयरत्न असंबरे, पूर्व अतिरिक्त प्रहरी महानिरीक्षक बिजयलाल कायस्थका साथै चर्चित कलाकार आर्यम नकःमि सो सार्वजनिक कार्यक्रममा उपस्थित रहेको थियो ।
कार्यक्रममा कलाकारका साथै प्राविधिक सबैलाई मायाको चिनो वितरण गरिएको थियो ।
नेपालभाषा क्षेत्रमा हास्य सृंखलाका लागि चर्चित समय्बजि पुचःले यस गीतको निर्माण गरेको छ ।








