बुद्ध दर्शनमा आधारित गीत सार्वजनिक
वरिष्ठ गीतकार संघरत्न शाक्यको रचना र मिनर्वादेवी शाक्य बज्राचार्यको स्वरमा सजिएको बुद्ध दर्शनमा आधारित गीत आज एक कार्यक्रमका बीच सार्वजनिक भएको छ ।
“जीवन अनमोल खः थ्व जीवन” बोलको सो गीतमा विरेन शाक्यको संगीत तथा संगीत संयोजन रहेको छ ।
रवि साय्मिको निर्देशन तथा सम्पादनमा तयार भएको म्यूजिक भिडियोमा भवानी शिलाकारको छायांकन, रुपा मानन्धरको श्रृंगार रहेको छ ।
म्यूूजिक भिडियोमा गीतकार शाक्यका साथै, सुशिल राजोपाध्याय, आशाकाजी थकु, सरस्वती मानन्धर, शोभा महर्जन, नेरिसा महर्जन, केशनी शाक्य श्रेष्ठ, लुनिभा मानन्धर, मन्दिरा मानन्धर, रिया महर्जन र रमन महर्जनको अभिनय रहेको छ । म्यूजिक भिडियो निर्माण तथा निर्माण तथा व्यवस्थापन रजय बज्राचार्यको रहेको छ ।
बागमती प्रदेशका सांसद हरिप्रभा खड्गी श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा वरिष्ठ जनगायक भृगुराम श्रेष्ठ, वरिष्ठ सिने पत्रकार विजयरत्न असंबरे लगायतको उपस्थिति रहेको थियो ।
अनुप शाक्यले संचालन गरेको कार्यक्रमको सभापतित्व रविन्द्र शाक्यले गर्नुभएको थियो । कार्यक्रममा नरेन मान महर्जनले स्वागत मन्तव्य राख्नुभएकाे थियाे ।












