ज्यापु महागुथि नेपाः येँ मनसको साधारण सभा
ज्यापु महागुथि येँ महानगर समितिले एक समारोहका विच जेठ १५ गते सोमवारका दिन नेपाः बैक्वटेमा साधारण सभा सम्पन्न गरेको छ । ६३ टोलका नायः गुरु कजि सम्मलित सो साधारण सभामा समितिले गरेका विभिन्न कार्यक्रमको प्रतिवेदन प्रस्तुत गर्नुका साथै राष्ट्रिय खेलकुदमा स्वर्ण पदक विजेताहरु भारत्तोलनका राजीव महर्जन र जिम्न्याष्टिकका पिजः महर्जनलाई सम्मान गरिएको थियो ।
सो कार्यक्रममा प्रमुख अतिथि कामपा उपमेयर सुनिता डंगोलले देश विकास गर्न सवैले राजनीतिमा चासो राख्नु पर्ने र आफु संलग्न हुन नसकेको खण्डमा राजनीतिमा लागेकाहरुलाई सहि काम गर्न घचघचाउनु पर्नेमा जोड दिनुभयो ।
विकास चाहनेहरुले राजनितिलाई स्वीकार्नु पर्ने अरुको भरमा पर्नाले विकासमा उन्मुख हुनुपर्ने भएकाले चासो राख्न पनि अनुरोध गर्नुभयो ।

समितिका अध्यक्ष पञ्च नारायण महर्जनले सभापतित्व गर्नुभएको कार्यक्रममा ज्यापु महागुथि नेपाः केन्द्रका अध्यक्ष राजभाई जकःमि, ज्यापु संस्कृति विकास कोषका अध्यक्ष मंगल कृष्ण सिं, कामपा १८ वडाका अध्यक्ष न्हुछेकाजी महर्जन, १२ वडाका अध्यक्ष बालकृष्ण महर्जन, १५ वडा अध्यक्ष ईश्वर मान डंगोल, २२ वडा अध्यक्ष चिनकाजी महर्जनलगायतको उपस्थिति रहेको थियो ।
सो कार्यक्रममा न्यायधिस तारा महर्जनलाई पनि सम्मान गरिएको थियो ।
कार्यक्रममा समितिका सदस्य नानीहेरा डंगोलले स्वागत मन्तव्य राख्नुभएको थियो भने सदस्य एवम् भूमि आयोग काठमाडौं जिल्लाका अध्यक्ष श्यामकृष्ण प्रजापतिले भूमि सम्बन्धी व्यवस्थाको बारेमा जानकारी गराउनु भएको थियो । कार्यक्रममा सचिव मचाराजा महर्जनले समितिको प्रगति प्रतिवेदन तथा कोषाध्यक्ष जुजुकाजी महर्जनले आर्थिक प्रतिवेदन पेश गर्नुभएको थियो ।

















