क्लब २५ को पुनर्गठन

ब्लड डोनर्स एशोसिएसन नेपाल (ब्लोदान) को भातृ संगठन क्लब २५ को पुनर्गगठन भएको छ । ललितपुरको महेन्द्र भृकुटी मा.बि. एकान्तकुना, पाटनमा भएको एक कार्यक्रममा किशोर सिख्राकारको अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको छ ।


सो कार्यक्रममा ब्लोदानका केन्द्रिय अध्यक्ष सानुबाबु प्रजापति, उपाध्यक्ष राजेश श्रेष्ठ, महासचिव केशब महर्जन, कोषाध्यक्ष मचाकाजी महर्जन, केन्द्रिय सदस्य एवं क्लब २५ का इन्चार्ज बिनोद तुलाधर, केन्द्रिय सदस्य राधिका श्रेष्ठ, ब्लोदान काठमाडौं जिल्लाका अध्यक्ष जनक खड्का, सदस्य सीता न्योपाने, क्लब २५ का पुर्व अध्यक्ष शैलेन्द्र शाक्य लगायतको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

काठमाडाैं महानगरपालिकाकाे अनुराेध