वाद्य सम्राट न्हुछेबहादुर दुर्घटनामा

नेपाली संगीत क्षेत्रमा वाद्य सम्राट उपाधिबाट विभूषित सहप्रा. न्हुछेबहादुर डंगोल मंगलवार राति मोटरसाइकल दुर्घटनामा पर्नुभएको छ ।
आउँदो शनिवार बसन्तपुरमा आयोजना हुन लागेको नेपालमै पहिलो ३०० जना कलाकारहरुको लोक सांगीतिक प्रस्तुती ‘नेपाल अर्केष्ट्रा ११४३’ को निर्देशन गरिरहनु भएका उहाँ पचलीस्थित लक्ष्मेश्वर मन्दिर परिसरमा भइरहेको अभ्यास कार्यक्रम सकाएर फर्किने क्रममा रातको लगभग १० बजे टेकु र कालिमाटी पुल नजिकै दुर्घटनामा पर्नुभएको जानकारी प्राप्त भएको छ ।
मोटरसाइकलबाट निवासमा फर्किरहनु भएका उहाँको मोटरसाइकललाई कारले ठक्कर दिएको  उहाँसँगै अर्केष्ट्रा निर्देशन गरीरहनु भएका संगीतकार वाद्यगुरू धर्म मुनिकारले जानकारी दिनु भएकाे छ। दुर्घटनालगत्तै उहाँलाई वीर अस्पतालको ट्रमा सेन्टरमा लगिएर उपचार गरिएको थियो । उहाँको घुँडामा चोट लागेको कारण अहिले उहाँ घरमा नै स्वास्थ्य लाभ गरिरहनु भएको छ । गाडी अहिले प्रहरी नियन्त्रणमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

काठमाडाैं महानगरपालिकाकाे अनुराेध