आलापोटमा ३०२ जनाले रक्तदान गरे

६६औं राष्ट्र्यि सहकारी दिवसको अवसरमा कागेश्वर मनोहरा नपा-२ आलापोटस्थित सहयोगी बचत तथा ऋण सहकारी संस्था लि.ले आलापोटमा हालै आयोजना गरेको रक्तदान तथा छात्रवृत्ति वितरण विशेष समारोहमा ३०२ जना स्वयम्सेवी रक्तदाताहरुले स्वस्फूर्त रक्तदान गरी आलापोटलाई रक्तदानको नमूनास्थल साबित गरिदिएका छन् ।

६० महिला र २४२ पुरुष रक्तदातालाई सो अवसरमा आयोजक संस्थाका अध्यक्ष एवम् समारोहका सभापति रामेश्वर श्रेष्ठले प्रमाणपत्र, टीशर्ट तथा संस्थाको लोगोअंकित कप प्रदान गर्नुभएको थियो ।

सोही अवसरमा अध्यक्ष श्रेष्ठले स्थानीय बायोका सामुदायिक स्कुललाई रु १ लाख छात्रवृत्ति सहयोग हस्तान्तरण गर्नुभयो । संस्थाको सामाजिक दायित्वअन्तर्गत प्रदान गरिएको सो छात्रवृत्ति रकमको चेक स्कुलका प्रिन्सिपल गोपाल श्रेष्ठले ग्रहण गर्नुभएको थियो । समारोह आयोजक सहकारी संस्थाका प्रवन्धक महेश श्रेष्ठले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।

तीन दशकअघि स्थापित सहयोगी बचत तथा ऋण सहकारी संस्था लि.ले आर्थिक एवम् सामाजिक कार्यलाई निरन्तरता दिँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

काठमाडाैं महानगरपालिकाकाे अनुराेध