पत्रकार एवम् निर्देशक शाक्यलाई मातृशोक

नेपालभाषाको म्यूजिक भिडियोका निर्देशक, कलाकार एवम् पत्रकार ललेन्द्र शाक्यलाई मातृशोक परेको छ । उहाँकी आमा लक्ष्मीमाया शाक्यको आज बिहान ६ः३० बजे निधन भएको पारिवारिक श्रोतले जनाएको छ ।
७७ वर्षीय शाक्यको आजै कीर्तिपुरको दीखुस्थित चिहानमा अन्तिम संस्कार गरिएको छ । पत्रकार शाक्यका बुबा धनज्योति शाक्यको गत कार्तिक १० गते मात्र निधन भएको थियो ।

पत्रकार शाक्य नेपालभाषाकाे अनलाइन न्यूज पाेर्टल नेवाः अनलाइन न्यूजमा सम्पादकका रूपमा कार्यरत हुनुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

काठमाडाैं महानगरपालिकाकाे अनुराेध