नेपालले जित्यो प्रधानमन्त्री कप फुटबलको उपाधि

खेल सकिन ३ मिनेट बाँकी छँदा मनिष डाँगीले गरेको निर्णायक गोलको मद्दतमा नेपालले प्रधानमन्त्री कप त्रिदेशीय फुटबल प्रतियोगिताको उपाधि जितेको छ । घरेलु मैदानमा उपाधि उचाल्ने क्रममा नेपालले लाओसलाई २-१ ले हरायो । डाँगीले ८७ औं मिनेटमा गरेकाे गोलले नेपाललाइ उपाधि दिलाउन सफल भएकाे छ।

लाओसका फौथाभोङ साङभिलेले १७ ‌औं मिनेटमा गोल गर्दै लाई अग्रता दिलाए पनि त्यसको ७ मिनेटमै नेपालका रिक विष्टले मिलाइदिएको पासकाे मद्दतबाट आयुश घलानले गोल गरेर बराबरी गरेका थिए ।

भुटानसहित तीन देश सम्मिलित प्रतियोगितामा नेपाल पहिलो र लाओस दोस्रो हुँदै फाइनल पुगेका थिए ।

नेपालले उपाधिसहित  ५ हजार अमेरिकी डलर पुरस्कार पाएको छ भने  उपविजेताले २ हजार ५०० अमेरिकी डलर पुरस्कार पाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

काठमाडाैं महानगरपालिकाकाे अनुराेध