सञ्चार क्षेत्र समावेशी बनाउन पहल गर्ने उपराष्ट्रपति यादवको प्रतिबद्धता

उपराष्ट्रपति रामसहायप्रसाद यादवले मुलुकको परिर्वतन, लोकतान्त्रिक संघर्षसंगै जनताले गर्ने हरेक आन्दोलनमा सञ्चार क्षेत्रको महत्वपूर्ण भूमिका रहेको बताउँदै सञ्चार क्षेत्र पूर्ण समावेशी हुनुपर्नेमा जोड दिनुभएको छ ।

नेवाः पत्रकार राष्ट्रिय दबूका प्रतिनिधिहरुसंग बुधबार लैनचौरसहित उपराष्ट्रपतिको कार्यालयमा भएको भेटघाटको क्रममा उहाँले सो कुरामा जोड दिनुभएको हो ।

राष्ट्रपति यादवले सामाजिक न्याय, लोकतन्त्र र परिर्वतनको लागि सञ्चार जगतको भूमिकाको सराहना गर्दै सञ्चार क्षेत्र समावेशी भए त्यसले बढी भन्दा बढी जनताको आवाजलाई मुखरित गर्न सकिने धारणा राख्नुभयो। नेपालको विविध भाषा, संस्कृति र संस्कार राष्ट्रिय एकताको भाव वृद्धि गर्ने महत्वपूर्ण माध्यम रहेको उल्लेख गर्दै यसको संरक्षणको लागि पत्रकारिता मार्फत योगदान दिनुपर्ने पनि उहाँको भनाई रहेको छ ।

उपराष्ट्रपति यादवले नेपाली सञ्चार क्षेत्रको समावेशी र मातृभाषाको पत्रकारिताको विकासको लागि उपयुक्र्त नीति अवलम्बन गर्न पनि आफूले ध्यानाकर्षण गराउने बताउनुभयो। सो अवसरमा पत्रकार राष्ट्रिय दबूको तर्फबाट अध्यक्ष नृपेन्द्रलाल श्रेष्ठले उपराष्ट्रपति यादव शुभकामना सहितको सम्मानपत्र प्रदान गर्नुभयो।

त्यसैगरी वरिष्ठ उपाध्यक्ष सुनील महर्जनलेसमावेशी सञ्चारको सम्बन्धमा राज्यले गर्नुपर्ने नीति, कार्यक्रमबारे समेटिएको ध्यानाकर्षणपत्र उपराष्ट्रपति यादव समक्ष बुझाउनुभयो।

सो अवसरमा दबूका महासचिव कृष्णकाजी (के.के) मानन्धर, सचिव राजु नापित, सहसचिव सुनीता महर्जनले प्रेस स्वतन्त्रताको उच्चत्तम अभ्यासको लागि समावेशी र मातृभाषाको पत्रकारिताको विकास गर्नुपर्नेमा केन्द्रीत गर्दै आ आफ्नो धारणा राख्नुभयो।

338567305_774149353887005_4651898275120212939_n
previous arrow
next arrow

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

काठमाडाैं महानगरपालिकाकाे अनुराेध