समाजसेवी बाबुराजा महर्जनलाई पितृशोक
समाजसेवी बाबुराजा महर्जनलाई पितृशोक परेको छ ।
किलाघः त्वाः खलःको सचिव, इन्द्रजात्रा व्यवस्थापन समितिको महासचिव, स्टार क्लबको सचिवका रुपमा समाजसेवामा अग्रसर महर्जनका पिता हेराकाजी महर्जनको ८० वर्षको उमेरमा सोमवार निधन भएको हो ।
स्व. महर्जन लामो समयदेखि पारालाइसिस हुनुहुन्थ्यो । घरमै उपचार गराइरहेका महर्जनको सोमवार निधन भएको हो । स्व. महर्जनका दुई छोरा र एक छोरी छन् ।








