दुई दिने इण्डो–नेपाल–बंगलादेश सम्मेलन

दक्षिण एशियाली पत्रकारहरुको साझा मञ्च सार्क जर्नलिष्ट फोरमको आयोजनामा आगामी मे ५ र ६ तारिख (बैशाख २२ र २३ गते) इण्डो–नेपाल–बंगलादेश सञ्चार सम्मेलनको आयोजना गरिने भएको छ ।
फोरमका अन्तर्राष्ट्रिय अध्यक्ष राजु लामाले दिनुभएको जानकारी अनुरुप आगराको क्लाक्र्स शिराज होटलमा हुने सम्मेलनपछि पत्रकारहरुले आगराका ऐतिहासिक स्थानहरु ताज महल र फतेहपुरसिकारीको अवलोकन भ्रमण गर्नेछन् । सम्मेलनपश्चात् सहभागीहरुलाई राजस्थानको जयपुर पनि भ्रमण गराइने उहाँले बताउनु भएको छ ।
उहाँले सो सम्मेलनमा सहभागी हुन चाहनेहरुले सार्क जर्नलिष्ट फोरमको राष्ट्रिय समितिमा सम्पर्क गरी आफ्नो नाम दर्ता गराउन पनि अनुरोध गर्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

काठमाडाैं महानगरपालिकाकाे अनुराेध