सूचना तथा संचारमन्त्री रेखा शर्मा र काठमाडौंका मेयर बालेन्द्र शाह बीच भेटवार्ता
सूचना तथा संचारमन्त्री रेखा शर्मा र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह बीच आज भेटवार्ता भएको छ।
उक्त भेटमा काठमाडौँ महानगर भित्रको तार व्यवस्थापन र सञ्चारलाइ नियमन गर्ने भन्ने विषयमा पनि मन्त्री शर्मा र मेयर शाहबीच छलफल भएको महानगरले जनाएकाे छ।
अव्यवस्थित तारले शहरको सुन्दरता नै घटाएको हुँदा त्यसलाई नियमन गर्दै व्यवस्थित गर्नुपर्ने र त्यसलाई व्यवस्थित गर्नलाइ कारबाहिको दायरासम्म ल्याउनु पर्ने विषयमा छलफल भएको थियाे।
भेटका क्रममा मन्त्री शर्माले यसलाई नियमन गर्ने ऐन बनिरहेको र त्यसलाई चाँडै समितिमा पठाउने कुरा बताएको छ। त्यसअघि हाल मौजुदा कानुन र श्रोत साधनलाई प्रयोग गरि मन्त्रालयको संयोजनमा सरोकारवालाहरु सँग छलफल गरेर तत्कालै तारलाई कसरी व्यवस्थित गरेर शहरको सुन्दरता बढाउने भन्ने विषयमा पनि छलफल भएको थियाे।
जनताले पाउने सहि सूचनाको हक सूनिश्चिता हुनु पर्ने र व्यापक रुपमा बढिरहेको फेक न्युजलाइ कसरी मनिटर गर्ने विषयलाई लिएर पत्रपत्रिका, टेलिभिजन, रेडियो, सामाजिक संजाल, यूट्यूबलाई व्यवस्थित गर्ने भन्नेमा छलफल भएको छ।
यसरी राज्यको मातहतमा नआएको कर पनि संकलन गर्न सकिने कुरा भयो। साथै, गुगल, फेसबुक, टुइटर, यूट्यूब लगायतका संजालहरुको नेपालमा कार्यलय पनि खोल्न पहल गर्ने विषयमा छलफल भएको छ। र उहाँहरु बीच राज्यसँग भएको डाटालाई कसरी सुरक्षित गर्न सकिन्छ भन्ने पनि कुरा भएको छ।








