भीमसेन मन्दिर पुनःनिर्माणमा पत्रकार महर्जनको योगदानको कदर

भीमसेन मन्दिर पुनःनिर्माण सरोकार समितिले पत्रकार सुनील महर्जनलाई सम्मान गरेको छ।

पाटन दरबार क्षेत्रमा अवस्थित सो मन्दिर उपभोक्ता मोडेलबाट पुनःनिर्माण गर्न विसं २०७२ सालको भूकम्पछिदेखि नै पत्रकारिता मार्फत महत्वपूर्ण योगदान पुर्याएको भन्दै महर्जनलाई सम्मान गरिएको हो।

उहाँ नेपाल समाचारपत्रका सहायक सम्पादक तथा नेवाः पत्रकार राष्ट्रिय दबूका वरिष्ठ उपाध्यक्ष हुनुहुन्छ ।२०७२ सालको भूकम्पबाट क्षतिग्रस्त सो मन्दिर क्षतिग्रस्त भएको थियो ।

ललितपुर उद्योग वाणिज्य संघको अगुवाईमा गठित सो समितिले पाटन संग्रहालय परिसरमा मंगलबार आयोजना गरेको एक समारोहकाबीच ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले सहायक सम्पादक महर्जनलाई कदरपत्र प्रदान गर्नुभयो ।

समारोह समितिका अध्यक्ष कृष्णलाल महर्जनले सो मन्दिरको पुनःनिर्माण सम्पदा संरक्षणमा निजी क्षेत्र र स्थानीयको भूमिकाको ठोस उदाहरण रहेको बताउनुभयो।

भीमसेन मन्दिर पुनःनिर्माणले सम्पदा संरक्षणमा स्थानीयको भूमिका महत्वपूर्ण रहेको पुष्टि गरेको पनि अध्यक्ष महर्जनको भनाई रहेको छ।

मन्दिर पुनःनिर्माणको कूल लागत ४ करोड ९३ लाख रकममध्ये अत्यधिक हिस्सा जनस्तरको रहेको छ।सो अवसरमा मन्दिर पुनःनिर्माण गर्ने कालिगढहरुलाई सम्मान गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

काठमाडाैं महानगरपालिकाकाे अनुराेध