अन्तर्राष्ट्रिय मातृभाषा दिवसमा टाेखामा विशेष कार्यक्रम

अन्तर्राष्ट्रिय मातृभाषा दिवसकाे उपलक्ष्यमा नेपाभाषा क्लब टाेखा नेवा: ग्वाहाली पुच टाेखाकाे आयाेजनामा फागुन ९ गते टाेखा न.पा. २  र ३ नं वडा “मांभाषं आख: ब्वनेगु अधिकार सुनिश्चित या” , “मातृभाषा दिवसया भिन्तुना”, “भाषा म्वाःसा झीगु म्हसिका म्वाइ”, भन्ने नारा लगाउँदै परिक्रमा गरीयाे।

परिक्रमापछि टाेखा नपा २ नं वडास्थित गणेश पाेखरि प्राङ्गणमा काेणसभामा परिणत भएको थियाे। साे कार्यक्रममा नेपालभाषा अभियन्ता एवम् सुकुन्दा साहित्य पा: ला: अध्यक्ष प्रशान्त डंगोलले मातृभाषा काे महत्त्व आवस्यकता बारे प्रस्त पार्दै नेपालभाषा अभियान सुरु २०७३ साल कीर्तिपुरकाे ह्वाकुंचा टाेलबाट भएको, रत्न राज्य लक्ष्मी क्याम्पसमा २०७४-१२-१४ गते स्नातक तहमा नेपालभाषा पुन: स्थापना गर्न सफल भएको, २०७६ साल देखि स्नातकोत्तर तहमा नेपाल भाषाकाे नयाँ बिषय स्थापना गर्ने अभियना संचालन गरेकाे, २०७८ कार्तिक २६ गते काठमाडौं महानगरसँगकाे सहकार्यमा स्नातकोत्तर तहमा नेपालभाषाकाे नयाँ बिषय भित्र्याउन सफल भएको । सुकुन्दा पा:ला: २० बर्ष पछि पुन:गठन गरेर सुकुन्दा प्रकासन गरेकाे जानकारी उहाँले दिनु भएकाे थियाे ।

उहाँले अबकाे अभियान नेवा: विश्वविद्यालय स्थापना गर्ने दिशातिर लम्किरहेकाे र साे अभियान नेपालभाषीहरुकाे अस्तित्व रक्षासँग जाेडिएकाे हुनाले सम्पुर्ण नेपालभाषीहरुमा साेअभियान सार्थक पार्न सहयाेगका लागि अपिल गर्नुभयाे।

नेवा: ग्वाहाली पुच: का अध्यक्ष श्रीकृष्ण मान्नधरले मातृभाषा अभियानकाे थालनीकाे इतिहास प्रस्त्याउनु भयाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

काठमाडाैं महानगरपालिकाकाे अनुराेध