कृषि शिक्षामा पनि जाेड दिन आवश्यक : मुख्यमन्त्री जम्मरकट्टेल
प्रदेश सरकारलाई शिक्षाको लागि अधिकार नरहेको बताउँदै शिक्षा क्षेत्रको विकासका लागि प्रदेश सरकारबाट पनि योगदान दिन आफू इच्छुक रहेको बागमति प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मरकट्टेलले बताउनु भएको छ ।
आज यहाँको ज्ञानोदय माध्यमिक विद्यालयमा आयोजना गरिएको बिदाई, सम्मान तथा आईसीटी ल्याबको उद्घाटनका क्रममा उहाँले सो कुरा बताउनु भएको हो । उहाँले नेपालको प्रमुख पेशाको रुपमा रहेको कृषि क्षेत्रको विकासका लागि शिक्षामा नै कृषिको विषयमा पठनपाठन हुन आवश्यक रहेको बताउनु भयो । प्रदेश सरकारबाट यसको लागि आह्वान गर्दा प्रस्तावहरु नआएकोमा दुःख व्यक्त गर्दै उहाँले ज्ञानोदयलाई धादिङमा कृषि विद्यालय संचालन गर्न आग्रह गर्नुभयो । यसका लागि आफूले चाहिने सहयोग गर्ने बचन पनि व्यक्त गर्नुभयो ।

कार्यक्रममा विशेष अतिथिका रुपमा उपस्थित हुनुभएका काठमाडौं क्षेत्र नं. ८ बाट प्रतिनिधिसभा सदस्य विराजभक्त श्रेष्ठले आप्mनो घर छेउमा रहेको विद्यालयले गरेको उन्नतिले आफू अत्यन्त हर्षित भएको बताउनुहुँदै विद्यार्थीहरुलाई अनुशासित जीवन जिउनको लागि आग्रह गर्नुभयो । उहाँले कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै कार्यक्रम वा विद्यालयमा बसेको समयमा मात्र होइन, जीवनमा नै अनुशासित भएर लाग्नुपर्ने बताउनु भएको थियो ।

यसैगरी विशेष अतिथि काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले विद्यार्थीं जीवन चुनौतिपूर्ण हुने र विद्यालयमा बसुन्जेलसम्म विद्यालय राम्रो लाग्दैन तर विद्यालय छोडीसकेपछि शिक्षकका कुरा सुन्न पुनः विद्यालय जाउँ भन्ने लाग्ने बताउनु भयो । एसईई पढ्दा त्यो गा¥हो लाग्ने र +२ पढ्दै गर्दा +२ गा¥हो लाग्ने हुन्छ । यसपछि स्नातक तह पनि त्यतिकै गा¥हो हुने बताउनु हुँदै यसपछि मात्र जीवनको वास्तविक परिक्षा सुरु हुने बताउनु भयो । उहाँले शिक्षाका लागि पढ्ने मात्र होइन आफ्नो रुचीका विषयमा पनि अध्ययन गरिरहनु पर्ने बताउउनु भयो ।
केन्द्रीय शिक्षक संघका सदस्य सुन्दर पन्तले ज्ञानोदय मा.वि. नेपालका उत्कृष्ट विद्यालयहरु मध्ये उत्कृष्ट विद्यालय हुन सफल भए पनि नमूना विद्यालय घोषणा हुन नसक्नु दुःखद रहेको बताउनु भयो । उहाँले शिक्षा ऐनमा भएका विकृति विसंगति हटाउन पनि शिक्षक र विद्यार्थीहरु लाग्नुपर्ने बताउनु भयो ।
यसैगरी अखिल नेपाल शिक्षक संघका अध्यक्ष शंकर अधिकारीले शुभकामना मन्तव्य राख्नुहुँदै ज्ञानोदय मा.वि.ले नेपालका सामुदायिक विद्यालयहरु पनि गुणस्तरीय रहेको प्रमाण प्रस्तुत गरिरहेको बताउनु भयो ।
कार्यक्रममा राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले नमुना विद्यालयका लागि जग्गाको कुरा प्रमुख रहेको कारण विद्यालय उत्कृष्ट हुँदा पनि नमुना विद्यालय हुन नसक्ने प्रावधान सच्याउन आवश्यक रहेको बताउनु भयो । उहाँले परीक्षामा पाइने ग्रेड भन्दा पनि व्यावहारिकता महत्वपूर्ण हुने बताउनु भयो ।
कार्यक्रममा काठमाडौं मनपा १३ वडा सदस्य रामबाबु कोइराला, कामपा शिक्षा विभागका प्रमुख राम प्रसाद सुवेदी, समाजसेवी सुमन साय्मि, यशोधरा छात्रवृत्तिका दाता यशोधरा पन्त लगायतले विद्यार्थीहरुलाई शुभकामना व्यक्त गरेका थिए ।

सो कार्यक्रममा विद्यालयका शिक्षिकाहरुलाई सम्मान गरिएको थियो भने २०७६, ७७ र ७८ सालमा +२ उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरुलाई यशोधरा छात्रवृत्ति र सम्मानपत्र प्रदान गरिएको थियो । कार्यक्रममा ज्ञानोदयको स्मारिका ज्ञानोदय हेराल्डको पनि विमोचन गरिएको थियो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष उर्मिला मालीको सभापतित्वमा भएको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक नातिकाजी महर्जनले स्वागत गर्दै विद्यालयको गतिविधिहरुको बारेमा जानकारी दिनुभएको थियो ।










