काठमाडौं महानगरपालिका १२ वडा अन्तर्गत रहेको १२ वडा महिला सञ्जालको आयोजनामा आत्मरक्षा तालिम दिइएको थियो ।
१२ वडामा रहेको महेन्द्र सरस्वती सेवा आधारभूत विद्यालयमा भएको तालिममा अजय मानन्धर र मन्जु लामाले प्रशिक्षण दिनु भएको थियो ।
प्रशिक्षणमा विद्यालयका ७ देखि ९ कक्षा सम्मका विद्यार्थीहरुको सहभागिता रहेको थियो । तालिममा विद्यार्थीका अभिभावक तथा शिक्षिकाहरुले पनि भाग लिएका थिए ।
तालिममा सहभागीहरुले यस तालिमले आफूहरुमा आत्मविश्वास जागेको धारणा राखेका थिए भने यस्तो तालिम निरन्तर गर्न आग्रह पनि गरेका थिए ।