मैतीदेवीको प्रहरी बिट हटाइयो
काठमाडौँ महानगरपालिकाले सडक पेटीबाट मैतीदेवी प्रहरी विट हटाएको छ । आज मध्यान्ह महानगर प्रहरी बलले उक्त स्थानमा रहेको संरचना हटाएको हो ।
वडाध्यक्ष कुश ढकालले प्रहरी बिटका लागि मैतीदेवी मन्दिर परिसरमा स्थान उपलब्ध गराइएको बताउनु भएको छ । उहाँले आपसी समन्वय र व्यवस्थापनका लागि गृहकार्य गरेर काम अगाडि बढाएको बताउनुहुँदै चोक सुधार र सौन्दर्यका लागि प्रयास गरेको बताउनुभयो ।
महानगर प्रहरी बलका प्रमुख प्रहरी उपरीक्षक राजुनाथ पाण्डेले सडक पेटीमा पैदल यात्रीलाई निर्वाध हिँड्न पाउने प्रबन्ध मिलाउन नेपाल प्रहरीसँग समन्वय गरेर संरचना हटाएको बताउनु भयो । संरचना हटाउनुअघि संरचनाभित्र रहेका सामान सारेर खाली गराइएको थियो ।








