पशुपति गुरूयाेजनाकाे विराेधमा र्याली

  • केदारमान भण्डारी

काठमाडौं

पाशुपत क्षेत्र (ग्वल) मा स्थानियबासीहरुबाट पशुपति विकास कोष र नयाँ गुरुयोजनाको खारेजीको माग गर्दै सास्कृतिक बाजागाजा सहित व्यापक बिरोध र्याली निकालेको छ ।
पशुपति क्षेत्र संयुक्त संघर्ष समितिले बिकासको नाममा विश्व सम्पदा र प्राचीन पाशुपत संस्कृति नै सबै बिकास कोषले नस्त गरेको आरोप लगाएको छ ।
समितिले यहाँको धर्म, संस्कृति, सम्पदा र परम्परालाई बेवास्ता गरेर ल्याएको गुरुयोजना तुरुन्त ! खारेज गर्नु पर्छ र कोषको ब्यापारीकरण र आधुनिकीकरण नीति प्राचीन बस्ती ग्वलमा लाद्न पाइदैन । स्थानीय स्वायत्ततामा स्वतन्त्र ट्रष्ट खडा गर्न आवश्यक रहेको जनाएको छ ।
समितिले शुक्रवार एक पत्रकार सम्मेलन गरी विकास कोषले विकासका नाममा पशुपतिको सम्पदा र संस्कृतिको विनास गर्न उद्यत रहेको जानकारी गराएको थियो ।
पशुपति विकास कोषले अगाडि सारेको १०० वर्षे गुरु योजनाले पशुपतिको प्राचीन संस्कृति नै नास्ने भएकाले तत्काल यो गुरुयोजना खारेज गर्नुपर्ने स्थानीयबासीहरुको माग रहेको छ ।

हेर्नुस् विरोध र्यालीका केही तस्वीरहरू ः

Leave a Reply

Your email address will not be published. Required fields are marked *

काठमाडाैं महानगरपालिकाकाे अनुराेध