नेवाः पत्रकार राष्ट्रिय दबूमा श्रेष्ठको नेतृत्व

नेवार पत्रकारहरूको संस्था नेवाः पत्रकार राष्ट्रिय दबूको चौथो महाधिवेशनबाट नृपेन्द्रलाल श्रेष्ठलाई अध्यक्षमा चयन गरेको छ । उहाँको नेतृत्वमा १९ सदस्यीय नयाँ कार्यसमिति गठन भएको छ । सो समितिमा वरिष्ठ उपाध्यक्ष सुनिल महर्जन, खुला उपाध्यक्षमा सुरेन्द्रभक्त श्रेष्ठ, महिला उपाध्यक्षमा रचना श्रेष्ठ, उपत्यका क्षेत्रबाट प्रतिनिधित्व गर्ने उपाध्यक्षमा सन्दीपकुमार श्रेष्ठ महासचिवमा कृष्णकाजी (केके) मानन्धर, सचिवमा राजु नापित, कोषाध्यक्षमा बाबुकाजी साँछे श्रेष्ठ, खुला सहसचिवमा प्रजित शाक्य, महिला सहसचिवमा सुनिता महर्जन, उपत्यका क्षेत्रबाट प्रतिनिधित्व गर्ने सहसचिवमा विजयराम कर्माचार्य, सहकोषाध्यक्षमा तेजनारायण महर्जन, कार्यसमिति सदस्यमा रत्नकृष्ण श्रेष्ठ, पूर्णभक्त दुवाव, दानदास श्रेष्ठ, अनिता डंगोलल, अनुप प्रधान, मीना बज्राचार्य र उत्तमकुमार श्रेष्ठ (गण्डकी प्रदेश) र लेखासमिति संयोजकमा विगेन तुलाधर निर्विरोध निर्वाचित भएका छन् ।
सोहि अधिवेशनमा विभिन्न क्षेत्रबाट पत्रकारितामा योगदान दिनुभएइका ६ जना पत्रकार लाई पुरस्कार वितरण गरिएको थियो । पुरस्कृत हुनेमा अग्रज पत्रकार नरेशवीर शाक्य, नेपाल समाचारपत्रमा कार्यरत सरस्वती कर्माचार्य, नेपाः च्यानलमा कार्यरत अनुशा बज्राचार्य, भक्तपुरका फोटोपत्रकार सुरेश ख्वाखः श्रेष्ठ, हेटौँडाका पत्रकार सुरेश श्रेष्ठ र काभ्रेका पत्रकार सूर्यप्रसाद लाकोेजु छन् ।
पुरस्कृत व्यक्तित्वलाई उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधारमन्त्री नारायणकाजी श्रेष्ठले प्रमाणपत्र प्रदान गरेका थिए भने सम्बन्धित पुरस्कार दाताले नगद पुरस्कार प्रदान गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

काठमाडाैं महानगरपालिकाकाे अनुराेध