ज्यापु् पौ संचालन नै राम बहादुरको जित

मैले राम बहादुर जसलाई म तबा भनि सम्वोधन गर्छु । उहाँ सित भेटेको भनेको मेरो श्रीमानलाई स्व. मोहन कृष्ण डंगोलले ज्यापु पौ निरन्तर दिन सहयोग गर्न बोलाएको बेला देखि हो । पहिला पहिला मैले ज्यापु जातिको संगठन छ तर के गर्छ भन्ने कुराको हेक्का ठिएन । जब म मेरो श्रीमानले ज्यापु पौको काम सम्हाले तव देखि रामबहादुर तबालाई चिन्ने मौका पाए । त्यो बेला २०६४ साल तिरको कुरा हो ज्यापु पौ ज्यापु्हरुको मुख पत्र जस्तो निस्केको बन्द भइरहेको जसमा सदस्य ५हजार पुगिसकेको रहेछ । त्यो किन बन्द भयो त्यो मलाई थाहा भएन तर जव मेरो श्रीमान रत्नकाजी र काका पन्नारत्नको हातमा पर्यो त्यसले निरन्तरता पाउन थाल्यो जुन कुराले स्व. मोहन कृष्ण डंगोल र स्व. राम बहादुर डंगोल दुवै जना खुशी थिए । त्यो बेला मैले थाहा पाए दुुवै जना ज्यापुपौको लागि मरिमेट्ने रहेछ । मोहन कृष्ण तबाले नगद का साथै अरु सहयोग गर्थे भने स्व रामबहादुर डंगोलले आफ्नै प्रेशमा निशुल्क छपाईको जिम्मा लिन्थ्यो । ज्यापु पौको निरन्तरताले कोहि मानिसलाई चिन्तामा दुवायो भने धेरै मानिसहरु खुशी थिए यसलाई निरन्तरता दिन सक्दो सहयोग गर्ने बचन दिएका थिए । ज्यापु पौ उहाँले ज्यापु महागुठिको नेतृत्व लिदा पनि निरन्तर प्रकाशनमा थिए । पहिला श्याम श्वेतमा प्रकाशन हुने ज्यापु पौ उहाँको महागुठीमा नेतृत्व भएकै बेला रंगिन कभर सहित प्रकाशनमा आयो । यसपछि यो ज्यापुहरु विच झनै प्रचारमा आए । यस पत्रिकामा समाचार निकाल्न सोध्दै खोज्दै भएपनि दिन आउन थाले । यसको सँग सँगै विज्ञापनले पनि न्युन हदसम्म स्थान पाउन थाल्यो । यो करिव ७ वर्ष सम्म निरन्तर चल्यो पछि महागुठिमा के भयो थाहा भएन ज्यापु पौ मा केहिअवरोध आए । ज्यापु पौ रत्नकाजी र पन्नरत्न महर्जनको हातबाट अन्तै गए । यो दिन स्व. राम बहादुर तबाः खुसि त थिए तर अनुहारमा खुशीको भाव देखिएको थिएन । त्यसपछि ज्यापु पौ ले निरन्तरता पाएन । त्यसपछि उहाँ धेरै दुःखी भए । भन्नु हुन्थ्यो ज्यापु पौ मेरो एक अंग हो जसलाई मैले मेरो छोराछोरी भन्दा पनि माया गर्थे तर आज यो कसैले मबाट टाढा लगेको छ मेरो मनमा चोट पु¥याएको छ ।
गहभरि आशु पार्दै उहाँले भनेको आज जस्तै लाग्छ । उहाँले ज्यापु पौको अन्तसम्म संरक्षणको काम गरे । हुनत अरुले गर्दै आएका काम देख्दा सहिजो लाग्छ । त्यो काम कति कठिन परिस्थितिमा गरेको हो यसलाई कर्म थान्ने पनि छ तर ज्यापु पौ किन रोकियो के भयो यो मलाई थाहा छैन तर जसले यो पौ लाई निरन्तर गर्ने भनि जिम्मा लिएको छ उनिहरुले स्व. राम बहादुरको आत्मालाई शान्ति दिन भए पनि निरन्तर प्रकाशन गर्न जरुरी छ । जब सम्म ज्यापु पौ निरन्तर प्रकाशनमा आइरहन्छ तब सम्म स्व. राम बहादुर डंगोल प्रत्येक ज्यापुहरुको मनमा जिवित रहन्छ । ज्यापु पौ को प्रकाशन नै मोहन कृष्ण डंगोल र राम बहादुर डंगोल प्रति साँचो रुपमा श्रद्धान्जली अर्पण गरेको ठहरिन्छ ।
राष्ट्रिय दबूमा श्रेष्ठको नेतृत्व

Leave a Reply

Your email address will not be published. Required fields are marked *

काठमाडाैं महानगरपालिकाकाे अनुराेध