स्वतन्त्र उम्मेदवारद्वारा मानुषीलाई समर्थन
काठमाडौं निर्वाचन क्षेत्र नंं ७ बाट प्रतिनिधिसभामा स्वतन्त्र उम्मेदवार दिनु भएका कुमार श्रेष्ठले मानुषी यमि भट्टराईलाई समर्थन गर्दै आफ्नो उम्मेदवारी स्थगित गरेको जनाएको छ ।
तीर चुनाव चिन्ह लिएर उम्मेदवारी दिनु भएका श्रेष्ठले आज एक विज्ञप्ति जारी गर्दै वर्तमान राजनीति विश्लेषण पश्चात प्रतिगमनविरुद्ध अडिगरुपमा उभिनु पर्ने भएको हुँदा र यस निर्वाचन क्षेत्र नंं. ७ मा योग्य, जुझारु, विचारवान, क्षमतावान, अध्ययनशील, महिला राजनीति नेतृ मानुषी यमी भट्टराई योग्य उम्मेदवार रहन गएको निष्कर्षसहित म, मेरा शुभचिन्तक, मेरा मतदाता सबैलाई मंसिर ४ गते हँसिया हथौडा चुनाव चिन्हमा मतदान गर्न अपिल गरेका छन् ।








