सक्षम युवाहरुलाई मतदान गर्न राजा शाक्यकाे आग्रह

‘समाजलाई बदल्नु छ भने सुरु आफैबाट गर्नु पर्छ ।’
नारा तथा भाषणमा सिमित रहेका यी पंक्तीलाई जनजीवनमा चरितार्थ गर्न यसपटक यो देश हाक्ने जिम्मेवारी नयाँ जोस् जाँगर भएका युवाहरुले आफ्नो काँध थाप्न आइरहेका छन् ।
यसैक्रममा काठमाडौं निर्वाचन क्षेत्र नं. ८ (२) का लागि कामपा १५ वडा डल्लु आवास निवासी युवा जोस जाँगर र २५ वर्ष सामाजिक कार्यमा अनुभव भएका राजा शाक्यले आफ्नो स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
सामाजिक कार्यमा दिनरात अनवरत रुपमा आफूलाई समर्पित गरेका शाक्य १५ वडालगायत नागर्जुन ४ र ५ वडामा एक चिरपरिचित नाम हो ।
शाक्य २०५३ सालदेखि नै समाजसेवामा आफुलाई सुम्पेका ब्यक्ति हुन् । २०५३ सालबाट इतुंबहाल टोल सुधार समितिबाट आफ्नो जीवनको पहिलो सामाजिक कार्यमा पाइला टेकेका शाक्य युवाहरुको रोलमोडलका रुपमा परिचित ब्यक्ति हुन् ।
युवाहरुको ज्ञान र सीपलाई वृद्धि गर्ने कार्यक्रम होस् वा विभिन्न विकास निर्माण कार्यमा प्रशासनिकदेखि स्थानीयहरुसँग समन्वय गरी विगत २५ वर्षदेखि सामाजिक क्षेत्रमा काम गरिरहेको शाक्यले २०६० सालमा डल्लुआवासका युवाहरुलाई एकजुट बनाई सामाजिक क्षेत्रमा पाइला चाल्न डल्लु आवास युवा समिति स्थापना गरेका हुन् ।
विशेष गरी महिलाहरुलाई शीपमूलक तालिम गराई आर्थिक उन्नतिका लागि बजार प्रवद्र्धन समेत गर्दै आइरहेको शाक्यले डल्लुआवासबाट नेपाली समाजको संस्कृती र संस्कारको जगेर्ना हेतु २०६१ सालदेखि सुकुन्दा मैनबत्ति ¥यालीको सुरुवात गरेका हुन् । शाक्यले यस क्षेत्रमा विभिन्न सांस्कृतिक कार्यक्रमहरु गरी यहाँका लोपोन्मुख पर्व, संस्कार तथा बाजागाजाहरुको समेत संरक्षण तथा सम्बद्र्धन गर्नमा विशष टेवा पु¥याइरहेको छ । ।
२०६९ मा नेपाल संवत् न्हूदँ समारोह समिति कामपा १५ वडा समिति स्थापना गरेर शाक्यकै नेतृत्वमा कामपा १५ वडाव्यापि पहिलोपटक भिंतुना ¥याली निकालेका हुन् । जसमा सम्पूर्ण जनजातिका भेष भुषाको सुसज्जित युवाहरुको उलेखनीय सहभागि जनाएका थिए । यसलाई अहिले विभिन्न क्लबहरुले निरन्तरता दिंदै आइरहेका छन् ।
अन्तराष्ट्रिय स्तरको बहुउद्देश्यीय कभर्ड हल बनाई डल्लु आवास तथा यस क्षेत्रका युवाहरुलाई अन्तराष्ट्रिय खेलाडीको क्षमता अभिवृद्धिमा लागी परेको शाक्य २०६८ साल देखि डल्लुआवास स्थानीय सहयोग समितिका अध्यक्षसमेत हुन् । शाक्यले डल्लु आवासलाई नमूना आवासको रुपमा सबैमाझ चिनाउन सफल भएका छन् ।


विश्व सम्पदा सूचीमा सुचीकृत स्वयम्भू क्षेत्रलाई एक महत्वपूर्ण पर्यटन क्षेत्रमा विकास गर्नका निमित्त विभिन्न समयमा महोत्सव, मेला, कन्सर्ट तथा प्रदर्शनी आयोजना गर्दै आइरहेका शाक्य २०७२ साल देखि २०७४ सालसम्म संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गत हनुमानढोका दरवार विकास समितिमा आवद्ध भई सम्पदा र संस्कृति उत्थानका लागि उल्लेखनीय भूमिका निर्वाह गरेका थिए ।
सुरक्षा निकाय, प्रशासन तथा स्थानीय निकायहरुसँग समन्वय गरी सार्वजनिक जग्गा संरक्षण गरी हरियाली पार्क, खेलकूद पार्क, शारीरिक ब्यायाम स्थल, योग ध्यान केन्द्र निर्माणमा कार्यरत शाक्य २०७४ सालदेखि समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत कामपा १५ वडा समितिको कार्यालय सचिवको रुपमा आफ्नो भूमिका निभाइरहेका छन् ।


विशेषगरी शाक्य नेपाली सेना, नेपाल प्रहरी र शसस्त्र प्रहरीबललाई यस क्षेत्रका आमनागरिकसँग हातेमालो गरी समुदायमा आधारित विभिन्न समयमा विभिन्न समाजिक कार्य गरिरहेका व्यक्ति हुन् । नेपाली सेना, नेपाल प्रहरी र शसस्त्र प्रहरीबललाई जनस्तरमा ल्याउन शाक्यले ठूलो भूमिका निर्वाह गर्दैआइरहको छ ।
संविधानले दिएको मौलिक हक अन्तर्गत स्वास्थ्य र शिक्षा निशुल्क लागू नहुनु यो देशको दूर्भाग्य भएको महसुस गर्ने शाक्य महाभूकम्प, डेंगु र कोभिड–१९ को महामारी भएको बेलामा विभिन्न संघसंस्थाका युवाहरुलाई संगठित बनाई जनचेतनामूलक कार्य गर्नुका साथै राहत वितरणदेखि विरामीलाई अस्पतालसम्म पु¥याउने कार्य गरेको छ । यी यावत सामाजिक कार्यले गर्दा शाक्यले यस क्षेत्रका नागरिकहरुको शाधुवाद तथा आशिर्वाद प्राप्त गर्न सफल भएका छन् ।
दिनरात नभनिकन यस क्षेत्रका आमनागरिकहरुको सामाजिक तथा नीजिरुपमा सेवा गर्दै आइरहेका शाक्यले यस पटक स्वतन्त्र उम्मेदवारी दिएकोमा स्थानीय निकै नै खुसी भएका छन् ।
पार्टिगत रुपमा रहेर यस क्षेत्रमा आम नागरिकले चाहेकोजस्तो सेवा दिन समस्या भएको कारण शाक्यले क्याप चिन्ह लिएर काठमाडौं क्षेत्र नं. ८(२)बाट प्रदेशसभाका लागि स्वतन्त्र उम्मेदवारी दिएको शाक्यले बताए ।
पार्टीगत गुट–उपगुट, लेभि–कमिसन, वर्गीय गुट, जातिगत गुट तथा पार्टीको अंकुसबाट मुक्त हुनको लागि राजा शाक्यले आफ्नो स्वतन्त्र उम्मेदवारी दिएको बताउँदै उनले भने, ‘कसैको अंकुशविना नितान्त जनताको भावनाअनुसार कार्य गर्नको लागि उम्मेदवारी खाँचो भएको आमनागरिकको भावनाअनुसार काठमाडौं निर्वाचन क्षेत्र नं. ८(२) प्रदेशसभाको सदस्यमा नितान्त स्वतन्त्र उम्मेदवार भएको छु ।’
उनले सामाजिक कार्यमा लागिरहँदा विभिन्न पार्टीगत अंकुशका कारण आफुसँग भएको शतप्रतिशत क्षमताले यस क्षेत्रका आमनागरिकहरुको सेवा गर्न नसकिने देखेपछि काठमाडौं निर्वाचन क्षेत्र नं. ८(२) प्रदेशसभाको सदस्य भएर कामपा १५ वडा र नागार्जुन ४ र ५ वडामा आफ्नो कार्यक्षमतालाई विस्तार गर्ने प्रतिवद्धता ब्यक्त गरेका छन् ।
यसपालीको चुनावमा नीति निर्माण, आफ्नो क्षेत्र विकास गर्न, सफल लोकतान्त्रिक भविष्य, न्याय तथा मानव अधिकार सुनिश्चिताका लागि कुनै पनि दबाब वा प्रलोभनमा नपरी राजा शाक्यलगायत सक्षम युवाहरुलाई मतदान गर्न उनले आग्रह गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

काठमाडाैं महानगरपालिकाकाे अनुराेध