मकवानपुर २ मा महर्जन सिफारिस

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) मकवानपुर- काठमाडौ सम्पर्क सम्वन्वय समितिको भाद्र १८ गते बसेकाे बैठकले आसन्न मंसिर ४ गते हुने संघिय र प्रदेश सभा निर्वाचनका लागि प्रतिनिधि सभा, प्रदेश सभा र समानुपातिकमा सिफारिस गरेको छ ।
प्राप्त जानकारी अनुसार मकवानपुर संघिय प्रतिनिधि सभा क्षेत्र नं. २ का लागि बिनोद महर्जन र क्षेत्र नं १ का लागि जनक बर्ताैला सर्वसम्मत सिफारिस गरिएको छ ।
यसैगरी प्रदेश सभा तर्फ क्षेत्र न १ (क) का लागि उद्दव प्रसाद सापकोटा र (ख) का लागि इन्द्र खतिवडा सिफारिस गरिएको छ भने प्रदेश सभा क्षेत्र नं ०२ (क) का लागि बिष्णुहरि ढकाल र विश्वमान श्रेष्ठ तथा (ख) का लागि जगनाथ प्रसाद अधिकारी र इन्द्रसिंह बिश्वकर्मा सिफारिस गरिएका छन् ।

यसैगरी संघिय प्रतिनिधि सभा समानुपातिक तर्फ बिध्या ढकाल, राम बर्तौला तथा प्रदेश सभा समानुपातिक तर्फ सरिता लामा र कमल देउला (जनजाति) सिफारिस गरिएकाे अध्यक्ष उद्दव प्रसाद सापकोटाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

काठमाडाैं महानगरपालिकाकाे अनुराेध