अव्यवस्थित द्वन्द व्यवस्थापनका तीन समस्याहरु

नेपालको राजनीति विश्लेषण गरि हेर्दा २०६९ असारसम्मको याने एकदशक पूर्वको डायरी हेर्दा खास देशको परिस्थिति झन विग्रेको सरकार पनि अपरिपक्व देखिन्छ वर्तमानमा सम्म पनि ।
एकदशक अगाडिसम्म भनौं या त पछाडीसम्म हेर्दा पनि खास फरक भएको पाइँदैन । झन झन विग्रँदै गएको छ । माथि उल्लेख्य शिर्षक बारे उल्लेख गर्दा याने कुनै पनि संगठन निर्माण र परिचालनको क्षेत्रमा द्वन्द व्यवस्थापन र कार्यकर्ता नीतिको एक अर्कामा अन्योन्याश्रित सम्बन्ध रहन्छ । कार्यकर्ता नीति सैद्धान्तिक निर्देशन हो भने द्वन्द व्यवस्थापन त्यसलाई कार्यरुप प्रदान गर्दाको व्यवस्थापकीय पक्ष हो । कार्यकर्ता नीतिको सैद्धान्तिक माग निर्देशन विनाको द्वन्द व्यवस्थापनले न त समस्या समाधान गर्न सक्छ न पद्धतिको रक्षा नै हुन्छ । अर्थात् यी दुवै पक्षको उचित समायोजनाको अभावमा संगठनका कुनै पनि समस्याहरु समाधान हुन सक्दैनन बरु यस हिसाबले गर्न खोजिएको समाधानको प्रयत्नहरुलाई नयाँ थप समस्याको (नेपाल त्यसै भैरहेको छ) समेत निर्माण हुन वा गर्न सक्छ । नेपालको वर्तमान राज्यसम्ममा यस प्रकारको विसंगति बढेको छ । आज गठवन्धन राज्य वा चुनावमा जाँदा राष्ट्र र जनताको केहि मतलव गर्दैन आ–आफ्नो फाईदाको कुरा गर्दागर्दै ।
अहिले जो कुनै संगठनका सबै अङ्गहरुमा द्वन्द व्यवस्थापन कार्यकर्ता नीतिको सैद्धान्तिक घेराभित्र भएको देखिँदैन । द्वन्द व्यवस्थापनको अवैज्ञानिक तरिकाले संगठनलाई कमजोर बनाउन सक्छ । यो द्वन्दवादी सच्चाइ हाम्रो संगठन पार्टि वा आन्दोलनको हकमा मात्र नभै सिंगो समाज, राज्य व्यवस्था तथा आमरुपमा विश्व व्यापी लागु हुन्छ । अर्थात् यो विश्वव्यापि सच्चाई हो । संसारका थुप्रै चक्रवर्ती राज्यहरु द्वन्द व्यवस्थापनको कमजोरीले ढलेका छन् । सामन्तवादको पतन ऊभित्र नै अन्तर्निहित द्वन्द व्यवस्थापनको कमजोरीको अनिवार्य उपज हो । आधुनिक पुँजीवादकै साम्राज्यवादी स्वरुप र ऊभित्रको द्वन्द व्यवस्थापनको कुशलता हो । यद्यपि त्यो क्षणिक र पतनोन्मुख छ । भन्नैपर्दा सोभियत भूमि स्वरुपीय समाजवादको अवसान पनि उ भित्रको अन्तरनिहित द्वन्द व्यवस्थापनकै कमजोरी हो । याने यहाँ भन्न खोजिएको कुरा कस्तो हो भने द्वन्द व्यवस्थापनको कमजोरी कुनै पनि वस्तुको अस्तित्व नामेटको कारक नै हो । यो कुरा संगठन हड्ताल, आन्दोलन, समाज, पदार्थ लगायत सम्पूर्ण क्षेत्रमा लागु हुन्छ त्यसकारण द्वन्द व्यवस्थापन र कार्यकर्ता नीतिको पक्षलाई संगठनले प्राथमिक महत्वको रुपमा लिन जरुरी छ नै । परस्पर दुई विरोधी पक्षहरुको एकात्मक उपस्थिति नै द्वन्द हो , अझ यस्तो भनौ कि अस्तित्व र गतिमान असंभव छ । द्वन्द विना गति असंभवै छ । द्वन्द सर्वव्यापि छ र द्वन्द नै अस्तित्वको निर्माता हो । त्यसो भन्दैमा नकारात्मक नभई सकारात्मक गतिमा हुनुपर्छ । समाज, चिन्तन, पदार्थ र विचार सबैमा द्वन्द अन्तर्निहित हुन्छ । यो द्वन्द्वहरुको सही समायोजन भएन भने द्वन्दको सच्चा निकास सम्भव हुँदेन । नेपाली (खास त्यस्तै प्रजातन्त्र पनि खाली नामकरणको कपीराईटको स्वरुपमा मात्र) कम्यूनिष्ट आन्दालनले व्यहोर्नु परेको पटक पटकको फुट र विभाजनको कमजोरी ? सत्तामा पुग्दा भागवन्दा लिने दिने मात्र हो । विद्यमान समाजमा जुनजुन प्रवृत्ति र प्रकृतिका द्वन्दहरुको उपस्थिति हुन्छ । नेपालमा २००७ साल देखि ०६२÷०६३ सम्म र २०७९ सालसम्म पुग्दा संघर्ष भनेकै दलिय नेताहरुको भोज लेनदेनको कमिटिमात्र श्रृजना गरेको छ । त्यहि प्रवृत्ति र प्रकृतिको प्रति छाँया संगठन र आन्दोलनमा समेत रहन्छ । अर्थात् समाजको तत्कालीन चरित्रसँग आन्दोलन भित्रका द्वन्द चरित्र को तादाम्यता रहेको हुन्छ । साथै त्यस्को निराकरण पनि तत्कालीन समाज र वर्तमान समाजको मनोबैज्ञानिक स्थिति अनुरुप गर्नुपर्दछ ।
कुनै पनि संगठनभित्रको द्वन्द व्यवस्थापन विशेषत कार्यकर्ता परिचालनको व्यवस्थापकीय प्रणाली र सांगठनिक सिन्तान्तसँग सरोकारित हुन जान्छ । एक कार्यकर्ता आन्दोलन भित्र कति समय टिक्छ र उसको क्षमताको भूमिका कति मात्रामा सशक्त हुन्छ भन्ने कुराको मापन द्वन्द व्यवस्थापनको तरिका सँग सम्वन्धित हुन्छ । संगठन निर्माण र परिचालनको क्षेत्रमा द्वन्द व्यवस्थापनको सामान्य त्रुटीले धेरै सम्भावना बोकेको कार्यकर्ताका हुन पनि नेपालको सन्दर्भमा ठुला दलीय नेताहरुका कार्यकर्तालाई काखा र पाखामा राखि कार्य प्रणाली निर्णय गरिन्छ । त्यसैले नेपाली पार्टीहरु प्राय टुट्फुटमा छन्) अस्वाभाविक बढावा पनि । यसो भयो भने कार्यकर्ताहरुको आत्मगत शक्तिमा क्षयीकरण आउने स्वभाविक छ र अन्ततः आन्दोलन धराशायी बन्न पुग्ने नै भए, पुग्दछ ।
द्वन्द व्यवस्थापनका तीन समस्याहरु ः
१) अराजकतावाद ः
मूल रुपमा अराजकतावाद सांगठनिक अनुशासनको क्षेत्रसँग गाँसिएको छ । यो समस्या संगठन संचालनको क्षेत्रमा जनवादी केन्द्रियताको असन्तुलित प्रयोगको कारण जन्मन्छ । केन्द्रियताको दुरुपयोग र अति जनवादको वढावा, यी दुबै कारण अराजकताको श्रोत हो । अति जनवादको बढावा अराजकतावाद सिधै देखा पर्दछ भने केन्द्रियताको नाममा माथिल्लो कमिटीले तल्लो कमिटिलाई या त संगठनले कुनै पनि कार्यकर्तालाई अनावश्यक अधिनायकत्व लादन खोज्छ तब उसले स्वतन्त्रताको माग गर्दछ । पद्धतिसंगत स्वतन्त्रताको माग गरिरहँदामा पनि उसको मनोवैज्ञानिक स्थितिलाई संगठनले बुझ्न सकेन भने उसको धैर्यताको बाँध टुट्छ फुट्छ र अन्ततः विप्लववादमा गएर उसको राजनीति समाप्त हुन्छ त्यस्तै नै हुन्छ भने प्रायको पतन हुन्छ । माओत्सेतुङ्गको भनाईमा अति जनवाद निम्न पुँजीवादी वर्गको व्यक्तिवादी विरक्ती हो भने विप्लववाद अनाहक सर्वहारा (नेपाली प्राय राजनेताले सकारात्मकताको राजनीतिक वाद नै अध्ययन गर्न नपुगेको देखिन्छ । प्रायःगरी संज्ञा शक्ति र पैसा कमाउने दाउवादीमा मात्र देखिन्छ । यसले देश र जनसमाज कुठराघाटमा पु¥याएर पनि आ–आफ्नो फाइदा खाने हेतुले मात्र नेपाल राज्य संचालन भएको देखिन्छ, यस्मा सुधार गर्नसक्नु पर्छ । विचारधारको मेल हो (माओत्सेतुङ्गका दुइ महत्वपूर्ण कृति)
२) मनोगतवाद ः
मनोगतवादको प्रमुख स्रोत वस्तु बुझाईको अधिक भूतवादी चिन्तन तथा अध्ययनको कटमिरोता हो । साथै यो अराजकतावाद भन्दा व्यापकता र प्रत्यक्ष वा चाँडै नदेखिने हुनसक्तछ । यो विशेषगरी योजना तथा नीति निर्माणको क्षेत्रमा, कार्यान्वयनको क्षेत्रमा र पद्धतिको क्षेत्रमा देखा पर्दछ । यी मध्ये कार्यपद्धतिमा देखा परेको मनागतवादले कार्यकर्ताहरुलाई बढी हानी पु¥याउँछ । माओत्सेतुङ्गको भनाइमा मनोगत विश्लेषण र कार्यको मनोगत निर्देशनले अनिवार्य रुपमा या त अवसरवादलाई या विप्लववादलाई पैदा गर्दछ । नेपालको संगठनभित्र मनोगतवादको जराहरु अत्यन्त बलियो रुपमा मौलाई (यसैक्रमताले नेपाली जनताहरुलाई रु १००÷– को सामान रु ३००÷– ले भाउ नागेतापनि नेपाल सरकार दलीय नेताहरु अरबपति खरबपति, उद्योगी व्यापारी, विचौलिया आदि तैँचुप मैचुप भागवन्दा खाई बसे) रहेको छ । परिस्थितिको गम्भीरता, सापेक्षता र भावि परिणामको अध्ययनलाई महत्व दिन छाडिएको छ । सापेक्षता नीति अपनाई राष्ट्रवाद पारेको छ । फगत सतही र विज्ञापनमुखी क्रियाकलापलाई मूल्याङ्कनको मापदण्डको रुपमा हेरिने खतरा दिन प्रतिदिन बढिरहेको छ । अझ कार्यपद्धतिमा देखा परेको मनोगतवादले झन नयाँ कार्यको विकाशको बाटो नै थुन्ने काम गरिरहेको छ । कार्यकर्ता विकाश त भइरहेको जस्तो देखिन्छ तर ती कार्यकर्ताहरुवीच बाटो मै पलायन भइसक्छ र संगठनले आवश्यकता अनुसार उसको क्षमतालाई कहिल्यै प्रयोग गर्न सकिदैन । यो मनोगतवादी कार्यपद्धतिको परिणाम हो ।
३) व्यक्तिवाद ः
क. माओत्सेतुङ्गको भनाईमा व्यक्तिवाद सामाजिक उत्पत्तिको दृष्टिबाट निम्न पुँजीवादी विचारहरुको प्रतिविम्ब हो, याने ऐश आरामको लालसा, निस्क्रियता बदला लिने मनोवृत्ति कर्मचारी प्रवृत्ति र सानो दफा दफाको मनोविज्ञान व्यक्तिवादको विशेषताहरु हुन् । संगठनका सबै क्रियाकलापहरुमा आफूलाई केन्द्र बनाएर सोच्नु व्यक्तिवादको अर्को विशेषता हो । अझ हो चि मिन्हको विचारमा व्यक्तिवाद र क्रान्तिकारी नैतिकता एक अर्कामा परस्पर विरोधी तत्व हुन् ।
हाम्रो संगठनको सवालमा हेर्ने हो भने व्यक्तिवाद घाँस जतिको मौलाइरहेको छ । विशेष गरि हामी भित्रको व्यक्तिवाद भोलि आउन सक्ने अवसर, पदीय प्रमोशन, पं्रशंसाको अपेक्षा, पद्धतिको अवज्ञा र असन्तुष्ट व्यक्तिहरुको संगठित समूह आदिको रुपबाट व्यक्त भइरहेको छ । यी मध्ये असन्तुष्टहरुको समूह बनाउने चिन्तन आन्दोलन र संगठन दुबैमा बढी घाटक हुन्छ । यसलाई क. माओत्सेतुङ्गले सानो डफ्फा प्रवृत्ति भनेर चित्रण गर्नुभएको छ । यो सानो डफ्फा प्रवृत्ति हाम्रो संगठनभित्र माथिल्लो निकायदेखि आधारभूत तहसम्म नै विकाश भएको देखिन्छ । यसले संगठनलाई निम्न पुँजीवाला बाटोबाट दक्षिणपन्थी खाल्डोमा लगेर खसाल्ने काम भन्दा अरु गर्न सकिनै छैन । यी तीन वटा समस्याहरु द्वन्द व्यवस्थापनको बाटोमा तेर्सिएको समस्याहरु हुन् । यिनीहरुलाई समाधान नगरिकन द्वन्द व्यवस्थापनले सकारात्मक निकास पाउने कुरा असंभव छ । यी सवै समस्याहरुको उचित समाधनको अचुक हतियार वैचारिक र अध्ययनशील कार्यकर्ताको निर्माण हो । वैचारिक र अध्ययनशिल कार्यकर्ताहरुको निर्माण विना यो समस्याको समाधान अत्यन्त कठिन छ । तर यी कार्य प्रणलीमा सत्य तथ्य सकारात्मकता विवेकशील र त्यागी हुनु अति आवश्यक छ ।
माथि नै चर्चा परिचर्चा भैसकेको छ याने कार्यकर्ता नीति र द्वन्द व्यवस्थापन एक आपसमा अन्योन्याश्रित स्वरुपमा गाँसिएको विषय हो । द्वन्द व्यवस्थापनको वैज्ञानिकताले नै अस्तित्वको निर्माण गरिरहेको हुन्छ तर सकारात्मकता भने अपनाउनु पर्छ । संगठन सञ्चालनमा कार्यकर्ता नीतिलाई सहिरुपमा अंगिकार गर्न सकेको खण्डमा द्वन्द व्यवस्थापनको वैज्ञानिकताले नै अस्तित्वको निर्माण गरिरहेको हुन्छ । संगठनले सञ्चालनमा कार्यकर्ता नीतिलाई सहि रुपमा अंगिकार गर्न सकेको खण्डमा द्वन्द व्यवस्थापनमा खासै समस्या आउँदैन । कार्यकर्ताहरुको विकासमा समस्या पद्धतिमाथिको समस्या, संगठनको आन्तरिक संघर्षमा कार्यकर्ता नीतिको सही प्रयोग नहुँदा स्थिति अत्यन्त भयावह हुन पुग्दछ । यसैकारणले कि आन्तरिक संघर्षले शत्रुता पूर्ण अन्तविरोधको स्वरुप धारण गर्दछ र वार र पारको स्थितिको सिर्जना हुन गई संगठन नै ध्वस्त हुन पुग्छ ।
संगठनात्मक पद्धतिले परिभाषित गरेको घेराभित्र रही कार्यकर्ताहरुको संचालन र परिचालन गर्ने तरिका नै कार्यकर्ता नीति हो । कम्यूनिष्ट पार्टि या संगठनको कार्यकर्ता नीति जनवादी केन्द्रियताको जगमा निर्माण भएको हुन्छ नै । मुख्यतया कार्यकर्ता नीतिले कार्यकर्ताहरुको प्रयोग कसरी गर्ने भन्ने प्रश्नमा बढी चासो राख्दछ । यस्तो नभए बरु किङ्गमेकर ग्रास्लीज्म संचालन गर्न सके अति उत्तम समाज निर्माण हुन जान्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

काठमाडाैं महानगरपालिकाकाे अनुराेध