यो कर्म भूमिको आँगनमा

शब्द ः राजेन्द्र रिजाल
संगीत ः शम्भुजीत बास्कोटा
गायक ः दीपक खरेल (मूल स्वर) ।

सन्ताेष लामा र मिलन अमात्य (रिमेक)

ताल ः दादरा

यो कर्म भूमिको आँगनमा कर्मको उदाहरण
प्रस्तुत गरेर देखाउ (यहाँको धरती बाँझो छैन)२
विकासको फूल फुलाउँ – २

विश्वास गर्छन् यहाँका मानिसहरु शब्दमा होइन कर्ममा
विकासको लहर पुर्‍याउनु छ शहरमा अनि* गाउँमा
गाउँ गाउँमा – २
यो शान्ति क्षेत्रको आँगनमा शान्तिको उदाहरण
प्रस्तुत गरेर देखाउ यहाँको धरती बाँझो छैन
विकासको फूल फुलाउँ

निर्माण गर्ने अपार शक्ति छ हामी नेपालीका पाखुरीमा
देशभक्ति दौडीरहन्छ यही रगतको थोपामा
थोपा थोपामा – २
यो पूण्यभूमिको आँगनमा धर्मको उदाहरण
प्रस्तुत गरेर देखाउँ यहाँको धरती बाँझो छैन
विकासको फूल फुलाउँ ।

 

* मूल गीतमा हाेइन शब्द रहेकाे छ ।

 

गीत हेर्न यहाँ क्लिक गर्नुहाेला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

काठमाडाैं महानगरपालिकाकाे अनुराेध