पठनपाठनमा सौन्दर्यशिक्षालाई समाबेशको सम्मान

जस्मिनब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर ,बनस्थलिले ६ महिने ब्युटिसियन तालिम पूरा गरेका आफ्ना विद्यार्थीलाई एक कार्यक्रमको बिच प्रमाणपत्र वितरण गरिएको छ । नंयाँ बजारको सम्राट पार्टी प्यालेसमा भएको उक्त कार्यक्रममा सौन्दर्यकला ब्यवासाय सघंकि सस्थापक अध्यक्ष सौन्दर्यकर्मी कमला श्रेष्ठ रहनु भएको छ । यसै गरि सौन्दर्यकला ब्यवसाय सघ ललितपुरको जिल्ला उपाध्यक्ष सीता अर्याल ,मनोबिद सनम पौडेल ,नवनारीकि प्रबन्ध निर्देशक बिष्णुमाया बास्कोटा ,सोड नेपालको अध्यक्ष ग्यानी श्रेष्ठ समेतको आतिथ्यतामा २७ जना बिद्यार्थिहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो ।
सोहि कार्यक्रममा सौन्दर्यशिक्षालाई पाठ्यक्रममा समाबेश गर्न अथक रुपमा लागेर स्कुलको पठनपाठनमा सौन्दर्यशिक्षालाइ समाबेश गर्नु भएको काम प्रती उच्च सम्मान गर्नुपर्ने प्रमखु अतिथि श्रेष्ठले बताउन भयो । ज्यास्मिन ब्युटिपार्लर कि सन्चालिका शर्मिला मुनिकारले स्वागत मन्तव्य राख्नु भएको सो कार्यक्रममा प्रमुख अतिथि सौन्दर्यबिद कमला श्रेष्ठलाई कदर पत्र तथा दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

काठमाडाैं महानगरपालिकाकाे अनुराेध