नेवाः पत्रकार राष्ट्रिय दबू चितवनमा अनुजको नेतृत्व

नेवाः पत्रकार राष्ट्रिय दबु चितवन शाखाको नयाँ नेतृत्वमा अनुज जोशी रहनु भएको छ ।
शनिबार भएको तेस्रो अधिवेसनबाट जोशीलाई सर्वसम्मत अध्यक्ष पदमा नियुक्ति गरेको थियो भने उपाध्यक्षमा सृजना ताम्राकार, सचिबमा सुनिल कुमार श्रेष्ठ, सहसचिवमा विनिता श्रेष्ठ र कोषाध्यक्षमा राजु श्रेष्ठ नियुक्ति गरेको छ । सदस्यमा राजेन्द्र श्रेष्ठ, उमेश श्रेष्ठ, मनिषा श्रेष्ठ र निरुता श्रेष्ठ नियुक्ति गरेको छ । पत्रकार दबूका संस्थापक अध्यक्ष श्रीकृष्ण महर्जन र दबूका कोषाध्यक्ष सुरेन्द्रभक्त श्रेष्ठ निर्वाचन कमिटि रहेको उक्त टिमले निर्वाचित भएका सवै सदस्यलाई खादा र अबिर लगाई शुभकामना दिनुभएको थियो ।
साथै सोहि कार्यक्रममा चिकित्सक स्वास्थ्य क्षेत्रमा योगदान दिनुहुने वरिष्ठ हाडजोर्नी र नसा रोग विशेषज्ञ प्रा डा अर्जुन श्रेष्ठ, वरिष्ठ पेट तथा कलेजो रोग विशेषज्ञ डा बरुण श्रेष्ठ, वरिष्ठ क्यान्सर सर्जन प्रा डा भक्तमान श्रेष्ठ, जनरल तथा ल्याप्रोस्कोपिक डा सुर्यज्योती श्रेष्ठ र पत्रकारलाई पनि सम्मान गरेको थियो ।
पत्रकार दबू चितवन शाखाको छैठौं साधरण सभा र तेश्रो अधिवेशनको प्रमुख अतिथि पत्रकार दबूको बरिष्ठ केन्द्रीय उपाध्यक्ष नृपेन्द्रलाल श्रेष्ठले पानसमा बत्ति बालेर गर्नुभएको थियो । प्रमुख अतिथि वरिष्ठ केन्द्रीय उपाध्यक्ष श्रेष्ठले चिकित्सक र पत्रकारहरुलाई सम्मान अर्पण गर्नुभएको थियो ।
सोही कार्यक्रममा पत्रकारिता क्षेत्रमा लामो योगदान दिनु भएका दबूको चितवन शाखा संस्थापक अध्यक्ष अमर प्रधान, नेपाल पत्रकार महासंघ चितवनका पूर्वअध्यक्ष महेन्द्र श्रेष्ठ तथा वरिष्ठ स्वास्थ्य पत्रकार तथा दबूका केन्द्रीय उपाध्यक्ष सन्दीपकुमार श्रेष्ठलाई पनि सम्मान गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

काठमाडाैं महानगरपालिकाकाे अनुराेध